हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि
चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी...
काठमाडौं – नेपाली बजारका लागि चाइना हाई–टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी मोटर्स) को आधिकारिक वितरक नियुक्त भए पश्चात मेगा बिजनेस ग्रुपले सीएचटीसी इलेक्ट्रिक भ्यानको बुकिङ समेत खुला गरेको छ । सीएचटीसीका ११ र १४ सिटे भ्यान नेपाली बजारमा उपलब्ध हुनेछन् ।
नेपाली बजारमा सर्ट रेन्ज र लङ रेन्ज गरी दुई दुई भेरिएन्टमा यी भ्यान उपलब्ध हुनेछन् । ११ सिटरमा ६० किलोवाटको मोटर र ४१.८६ किलोवाट आवरको ब्याट्री हुनेछ भने १४ सिटरमा ९० किलोवाटको मोटर र ५३.७६ किलोवाट आवरको ब्याट्री रहेको छ ।
६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज, लिथियम आयोन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् ।
यी गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।
लामो दुरीको यात्रा चाहनेहरुका लागि प्रो भर्सनमा ईभी भ्यान उपलब्ध छ । सो भर्सनमा उपलब्ध भ्यानले ३५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
स्कुल, कलेजमा प्रयोग गर्न वा सहरी क्षेत्रमा सामान डेलिभरी गर्नका लागि सामान्य भर्सन प्रयोग गर्न सकिन्छ भने लङ रुटका लागि प्रयोग गर्न चाहने व्यवसायीहरुले लङ रेन्जको भर्सन प्रयोग गर्न सक्ने छन् ।
सीएचटीसीका यी इलेक्ट्रिक भ्यानको मूल्य ४१ लाख ९० हजार देखि ४७ लाख ९० हजार रुपैयाँ सम्म तोकिएको छ ।
चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी...
सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै...
काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...