पहिले भन्दा धेरै सस्तो मूल्यमा अब बीवाईडीका इलेक्ट्रिक गाडी नेपालमा, यस्तो छ नयाँ मूल्य सूची
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीका इलेक्ट्रिक कारको नयाँ मूल्य...
काठमाडौं – नेपाली बजारका लागि चाइना हाई–टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी मोटर्स) को आधिकारिक वितरक नियुक्त भए पश्चात मेगा बिजनेस ग्रुपले सीएचटीसी इलेक्ट्रिक भ्यानको बुकिङ समेत खुला गरेको छ । सीएचटीसीका ११ र १४ सिटे भ्यान नेपाली बजारमा उपलब्ध हुनेछन् ।
नेपाली बजारमा सर्ट रेन्ज र लङ रेन्ज गरी दुई दुई भेरिएन्टमा यी भ्यान उपलब्ध हुनेछन् । ११ सिटरमा ६० किलोवाटको मोटर र ४१.८६ किलोवाट आवरको ब्याट्री हुनेछ भने १४ सिटरमा ९० किलोवाटको मोटर र ५३.७६ किलोवाट आवरको ब्याट्री रहेको छ ।
६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज, लिथियम आयोन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् ।
यी गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।
लामो दुरीको यात्रा चाहनेहरुका लागि प्रो भर्सनमा ईभी भ्यान उपलब्ध छ । सो भर्सनमा उपलब्ध भ्यानले ३५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
स्कुल, कलेजमा प्रयोग गर्न वा सहरी क्षेत्रमा सामान डेलिभरी गर्नका लागि सामान्य भर्सन प्रयोग गर्न सकिन्छ भने लङ रुटका लागि प्रयोग गर्न चाहने व्यवसायीहरुले लङ रेन्जको भर्सन प्रयोग गर्न सक्ने छन् ।
सीएचटीसीका यी इलेक्ट्रिक भ्यानको मूल्य ४१ लाख ९० हजार देखि ४७ लाख ९० हजार रुपैयाँ सम्म तोकिएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीका इलेक्ट्रिक कारको नयाँ मूल्य...
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...