साङ्ग्रिला मोटर्सको ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल’ सुरु, पाइनेछ यी सुबिधा
काठमाडौं– साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर आजदेखी...
चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालका लागि आधिकारिक वितरकको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । सीएचटीसी चीनको केन्द्रीय सरकारी कम्पनी हो र यो फर्चुन ५०० कम्पनीको रुपमा परिचित सिनोम्याक ग्रुपको सहायक कम्पनी हो । न्यु इनर्जी भेइकल र कोर कम्पोनेन्टको अनुसन्धान र विकास, उत्पादन तथा बिक्रीका लागि यो कम्पनीले कार्य गरिरहेको छ ।
मेगा बिजनेस ग्रुपले चीनको सरकारी तथा निकै नै लोकप्रिय एवम् विशाल कम्पनीसँग सम्झौता भएकोमा खुसी व्यक्त गरेको छ । सम्झौता अनुसार मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा उत्पादित ११ सिटर र १४ सिटर भ्यानका साथै अन्य कमर्सियल भेइकल समेतको आधिकारिक एवम् एकल आयातकर्ता बनेको हो ।
व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारणमैत्री एवम् प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् ।
६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज, लिथियम आयोन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् ।
यी गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन । त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।
नेपालमा हाल मेगा बिजनेस ग्रुपले पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यसको सञ्चालक महेश पाल रहेका छन् ।
काठमाडौं– साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर आजदेखी...
काठमाडौं – कम मूल्यको कार नेपाली बजारमा भित्रिने क्रममा अब चांगानको लुमिन...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...