नाडा अध्यक्ष दुलाल भन्छन् – साधारण सभा समयमै हुन्छ, संस्थापन पक्ष कसैको पक्ष र विपक्षमा लाग्दैन
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा...
चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले पियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो । समितिको कार्यकाल आगामी २ वर्ष हुनेछ ।
एसोसिएसनको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी र सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेशकुमार चौधरी चयन भएका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का सल्लाहकार गोविन्द भट्टराईलगायतले सो अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट सचिव इन्द्रप्रसाद रेग्मी र कोषाध्यक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय सदस्य भट्टराईलाई सम्मान गरिएको थियो ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा...
सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...
सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...