सोलिड स्टेट ब्याट्रीमा चीनले ग-यो अर्को नयाँ आविष्कार, ईभी युगमा अझै ठूलो क्रान्ति आउने

चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार गरेको छ । उक्त प्रतिष्ठानमा कार्यरत अनुसन्धान टोलीले पोलिमर अणुयुक्त उच्च ऊर्जा घनत्व भएको लचिलो ब्याट्री आविष्कार गरेको हो । सो नयाँ प्रबिधीयुक्त ब्याट्रीलाई ठूलो मात्राममा उत्पादन गर्न भने केही समय लाग्ने जनाइएको छ ।

इलेक्ट्रोलाइट चुहावटको जोखिमलाई उन्मूलन गर्दै उच्च ब्याट्री क्षमता प्रदान गर्ने कारण सोलिड स्टेट ब्याट्रीलाई विद्युतीय गतिशीलताको भविष्य मानिदै आएको छ । तथापी, ब्याट्री निर्माताहरूले यस्ता प्याकहरूको विकास प्रक्रियाको क्रममा धेरै सुरक्षा चुनौतीहरूको सामना गरिरहेका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान १९४९ मा स्थापित सबैभन्दा ठूलो राष्ट्रिय अनुसन्धान संस्था हो । उक्त प्रतिष्ठानमा लेनोभो सहित धेरै व्यावसायिक शाखाहरू छन् । यो एक आधिकारिक अनुसन्धान केन्द्र हो, त्यसैले ब्याट्रीको क्षेत्रमा यसको पछिल्लो प्रकाशनले धेरैको ध्यान खिचेको छ ।

धातु अनुसन्धान संस्थानका अनुसार, परम्परागत सोलिड स्टेट ब्याट्रीमा इलेक्ट्रोड र इलेक्ट्रोलाइट बीचको कमजोर सोलिड–सोलिड अन्तक्र्रियाले उच्च आयन यातायात प्रतिरोध र कम दक्षता निम्त्याउँछ । त्यसैले, यसको व्यावहारिक प्रयोग सीमित छ ।

यसको ठिक विपरित लचिलो सोलिड स्टेट ब्याट्रीमा पोलिमर अणुहरू, इथोक्सी समुहहरू र इलेक्ट्रोकेमिकल तथा सल्फर चेनहरू हुने हुँदा यसले आयन यातायात र भण्डारण बीच स्विच गर्न पनि सक्षम बनाउँछ । एकीकृत पोलिमर इलेक्ट्रोलाइट भएको कम्पोजिट क्याथोडले ऊर्जा घनत्वलाई ८६ प्रतिशतसम्म बढाउन अनुमति दिएको अटोहोममा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनका धेरैजसो ईभी निर्माताले भविष्यमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा आविष्कार गरिएको नयाँ ब्याट्रीले ईभी यगमा अझै ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

सिएटिएलले ल्यायो १५ वर्ष र २८ लाख किलोमिटर सम्म आयु भएको नयाँ ब्याट्री

सिएटिएलले ल्यायो १५ वर्ष र २८ लाख किलोमिटर सम्म आयु भएको नयाँ ब्याट्री

ईभी ब्याट्री जायन्ट सिएटिएलले कमर्सियल भेइकलका लागि आफ्नो नयाँ...

ब्याट्रीको उर्जा भण्डारणमा सुधार ल्याउन यसरी हुँदैछ काम, ईभीको रेन्ज १० गुणासम्म बढ्ने

ब्याट्रीको उर्जा भण्डारणमा सुधार ल्याउन यसरी हुँदैछ काम, ईभीको रेन्ज १० गुणासम्म बढ्ने

ब्याट्री प्रविधिमा भएको एउटा प्रमुख नवप्रवर्तनले विद्युतीय सवारी साधनको...

सीएटीएलको ब्याट्री अव निकै कम मूल्यमा मर्मत गर्न सकिने, सुरु भयो रिपेयर सर्भिस सेन्टर

सीएटीएलको ब्याट्री अव निकै कम मूल्यमा मर्मत गर्न सकिने, सुरु भयो रिपेयर सर्भिस सेन्टर

काठमाडौं–विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...