चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास

चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण गरेको छ । अर्को पुस्ताका ईभीमा प्रयोग हुने अनुमान गरिएको उक्त प्रबिधीले ईभी विकासमा नै गेम चेन्ज गर्न सक्ने आँकलन गरिएको छ ।

कम्पनीले एक पटकको चार्जमा ९३२ माइलभन्दा बढि रेन्ज दिन सक्षम नयाँ ब्याट्रीलाई सार्बजनिक गरेको हो । चेरीको खोजले सोलिड स्टेट ब्याट्री प्रविधिको विकासमा नवीनतालाई अझ बलियो बनाउँदै लगेको छ ।

सन् २०२७ मा बजारमा आउने अपेक्षा गरिएको उक्त नयाँ ब्याट्रीको पाइलट परिक्षण अर्को वर्षबाटै हुने जनाइएको छ । ब्याट्रीको नेल पेनिट्रेसन गर्दा यसको मोड्युल निकै सुरक्षित रहेको कम्पनीको भनाई छ ।

‘लिथियम–समृद्ध म्यांगनीज क्याथोड सामग्रीसँग जोडिएको इन–सीटु पोलिमराइज्ड ठोस इलेक्ट्रोलाइट प्रणाली’ अपनाएर विकास गरिएको मोड्युलले प्रति किलोग्राम ६०० वाट–घण्टाको ऊर्जा घनत्व प्राप्त गर्ने चेरीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

सिएटिएल र फोटोन मोटरले गरे इलेक्ट्रिफिकेसनमा सँगै अघि बढ्ने सम्झौता

काठमाण्डौं–सिएटिएल र फोटोन मोटरले चीनको फुजियान प्रान्तको निङ्दे सहरमा...

यस्तो हुनेछ अप्रिलियाको इलेक्ट्रिक बाइक, कन्सेप्ट सार्वजनिक

यस्तो हुनेछ अप्रिलियाको इलेक्ट्रिक बाइक, कन्सेप्ट सार्वजनिक

विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...