मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले लक्की ड्र मार्फत बनेका विजेताहरुलाई आज एक समारोहको बीच चेक हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो दशैं/तिहार/छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

उक्त अफरमा मोटरहेडका एमएच–१५०आर खरिद गरेका काठमाण्डौं निवासी सुभेन्दु रत्न तुलाधरले १ लाख रुपैयाँ जितेका छन् भने रुकुम घर भई हाल काठमाडौं बस्दै आएका दया बुढामगरले ५० हजार जितेका छन् । त्यसैगरी ललितपुर निवासी सुशान्त पौडेलले २५ हजार रुपैयाँ जितेका छन् । मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल टेक्कन आर २५० र स्क्र्याम्बलर खरिद गरेका थिए ।

कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको लागि योग्य हुन पाएकोमा तीनै जना ग्राहक खुशी देखिन्थे । यसका साथै उनीहरुले मोटरहेडको बाइकको पर्फमेन्स र सन्तुष्टि लेवल आफूलाई साह्रै मन परेको जानकारी दिए ।

उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिका निर्देशक सुगम घिमिरेले गरेका थिए । हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर चलिरहेको छ, जसमा स्क्र्याच गरी १ लाख रुपैयाँ सम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९ सय रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ ।

मोटरहेड ब्रान्ड हाल देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सहित विभिन्न सुविधाका साथ उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजार सम्म छुट

मोटरहेडको स्टक क्ल्यिरेन्स अफर : बाइक किन्दा ४० हजार सम्म छुट

काठमाडौं – नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...