छेपारो जस्तै रङ परिवर्तन गर्न मिल्ने कार, आफूलाई मनपर्ने रङमा ड्राइभ गर्न सकिने

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले एउटा बटन थिच्दा कारको रङ परिवर्तन गर्न मिल्ने कार ल्याएको छ । यो संसारको पहिलो रङ परिवर्तन गर्न मिल्ने कार हो । सो कारले छेपारो जस्तै रङ परिवर्तन गर्न सक्छ ।

रङ परिवर्तन गर्ने यो कारको नाम बीएमडब्ल्यु आईएक्स फ्लो राखिएको छ । हाल यसमा कालो र सेतो रङको मात्र विकल्प छ । नोभेम्बर २०२२ मा, टाइम्स पत्रिकाले यो कारलाई बेस्ट इनोभेसनको वार्षिक सूचीमा समावेश गरेको थियो ।

बीएमडब्ल्यु रङ परिवर्तन गर्ने कारको रङ इलेक्ट्रोनिक मसीले परिवर्तन हुन्छ । सो मसीमा धेरै माइक्रो क्याप्सुल हुन्छ । यी माइक्रो क्याप्सुलमा नेगेटिभ चार्ज भएको सेतो र पोजेटिभ चार्ज भएको कालो पिग्मेन्ट हुन्छ ।

कार भित्र रङ परिवर्तन गर्नका लागि एउटा स्विच हुन्छ । रङ चयन गरिएको विकल्पको आधारमा कारको सतहमा कालो वा सेतो रङ प्रतिविम्वित हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...