फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
यसै साता चांगानको ३ करोडौं कार चीनस्थित उत्पादन लाइनबाट रोल आउट भयो । सन् १९८३ मा अटोमोबाइल उद्योगमा प्रवेश गरेको चांगान यो उपलब्धि हासिल गर्ने पहिलो स्वतन्त्र चिनियाँ अटो निर्माता कम्पनी बनेको हो । चांगानलाई दुई करोडको माइलस्टोनबाट तीन करोडसम्म पुग्न मात्र ४ वर्ष लागेको थियो जुन चांगानका लागि ऐतिहासिक उपलब्धि हो ।
पाँच सब ब्रान्डसहितको चांगानको बढ्दो प्रभाव
चांगानसँग हाल अवतार, निभो, दिपल, चांगान र चाइचेङ गरी पाँच सब ब्रान्ड रहेका छन् जसले कम्पनीलाई बिग फोरमा उभ्याएको छ । गएको जुलाई २९ मा ठूलो संरचनागत परिवर्तन हुँदै चाइना चांगान अटोमोबाइल ग्रुप कम्पनी लिमिटेडका रुपमा एउटा राज्य स्वामित्वको कम्पनी बनाइएको थियो जुन अब चीन सरकारको प्रत्यक्ष व्यवस्थापन अन्तर्गत छ । यसअघि एफएडब्लु र डोङफेङ पनि पूर्ण रुपमा सरकार नियन्त्रित अटोमेकर हुन् ।
पहिलो प्रेस ब्रिफिङमा अध्यक्ष झु हुआरोङले सन् २०३० सम्ममा ५० लाख सवारी उत्पादन तथा बिक्री लक्ष्य राखेको बताए । यसमा ६० प्रतिशतभन्दा बढी न्यु इनर्जी भेइकल र ३० प्रतिशतभन्दा बढी विदेशी भूमिमा विक्री हुनेछ ।
अन्य कम्पनीसँग तुलना
यसै वर्ष चीनमा एसएआईसी–जीए–वुलिङ र एफएडब्लु–फक्सवागनले पनि तीन करोड सवारी उत्पादनको माइलस्टोन हासिल गरेका थिए । चांगानले करिब ४० वर्षमा यो उपलब्धि हासिल गरेको थियो भने फक्सवागनलाई ४६ वर्ष लागेको थियो । गत नोभेम्बरमा चांगानले २ लाख ८३ हजार कार विक्री गरेको थियो जुन वार्षिक आधारमा २.३ प्रतिशतले बढी हो । यसमा एक लाख २५ हजार न्यु इनर्जी भेइकल (अघिल्लो भन्दा २३ प्रतिशतले बढी) र ५५ हजार विदेशी भूमिमा विक्री (अघिल्लोभन्दा ४७ प्रतिशतले बढी) भएको हो ।
भावी योजना
ग्वाङझाउ अटो शोमा चांगानले २०३० सम्ममा ५० भन्दा बढी न्यु इनर्जी भेइकल मोडल ल्याउने घोषणा गरेको थियो । यी सबै मोडेल टियांशु इन्टेलिजेन्ट आर्किटेक्चरमा आधारित हुनेछन् र यसमा साना एसयूभी, मध्यदेखि ठूला एमपीभी र अफरोडरहरु पनि रहनेछन् । गएको महिना १४,०५७ युनिट अवतार, ३३,०६० युनिट दिपल र ४६,९०९ युनिट निभो रहेका छन् । यसैबीच, दिपलको कुल डेलिभरी ७ लाख युनिट पुगेको छ ।
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...
काठमाडौं – नेपाली बजारमा बाउन्स इन्फिनिटी, फ्युचर ग्रिन ईभी, वान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...