फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा

विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले फर्च्युन ५०० सूचीमा महत्वपूर्ण छलाङ मारेको छ । गत सोमबार सार्वजनिक गरिएको सूची अनुसार बीवाईडी १४३ नम्बरमा उक्लिएको छ । गत वर्ष बीवाईडी यो सूचीको २१२औं नम्बरमा थियो ।

यो सूचीमा बीवाईडी लगातार तेस्रो वर्षमा रहन सफल भएको छ । त्यसैगरी अटोमोटिभ कम्पनी मध्ये बीवाईडीले तीव्र गतिमा वृद्धि भइरहेको कम्पनीको पहिचान समेत कायम गरेको छ ।

सन् २०२३ मा बीवाईडीले अभूतपूर्व सफलता हासिल गरेको थियो । यो वर्ष बीवाईडीले अघिल्लो वर्ष भन्दा वार्षिक ४२ प्रतिशत बढी अर्थात ६०२.३२ बिलियन युआन राजस्व प्राप्त गर्न सफल भएको थियो । यो वर्ष ३० लाख भन्दा बढी कार बिक्री गरेर विश्वका टप १० कार ब्रान्डमा पर्न समेत सफल भएको थियो । चाइनिज कार ब्रान्डको इतिहासमै बीवाईडीले पहिलो पटक यो उपलब्धि हासिल गरेको थियो ।

सन् २०२४ मा पनि बीवाईडीले यो उपलब्धिलाई निरन्तरता दिइरहेको छ । गत जनवरी देखि जुलाई सम्मको अवधिमा १९ लाख भन्दा बढी कार बिक्री भइसकेका छन् भने वर्षको पहिलो हाफ सम्म विश्का बेस्ट सेलिङ कार ब्रान्डमा बीवाईडी आठौं नम्बरमा पर्न सफल भएको छ ।

यो वर्ष बीवाईडीले विश्वव्यापी बजार विस्तारको क्रमलाई पनि बढाइरहेको छ । गत महिना सम्म अन्तर्राष्ट्रिय बजारमा बीवाईडीका २ लाख ३३ हजार सवारी साधन बिक्री भइसकेका छन्, जुन लगभग गत वर्षको समग्र अन्तर्राष्ट्रिय बिक्री जति हो ।

गत जुलाई ४ मा बीवाईडीको थाइल्यान्ड प्लान्टबाट ८० लाखौ न्यु इनर्जी भेइकल सार्वजनिक गरियो । त्यसै दिन थाइ फ्याक्ट्रीबाट उत्पादन समेत औपचारिक रुपबाट प्रारम्भ भएको घोषणा गरिएको थियो ।

सन् २००८ देखि सवारी उत्पादन थालेको बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादनको माइलस्टोन हासिल गरेको थियो । त्यसपछि तीन वर्षकै अवधिमा ८० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ ।

हाल विश्वका ८८ देशका ४०० सहरमा बीवाईडीको उपस्थिति छ । त्यसैगरी ब्राजिल, हंगेरी र उज्वेकिस्तानमा समेत बीवाईडी गाडी उत्पादन हुन्छन् ।

प्राविधिक नवप्रवर्तनमा बीवाईडीको अटल प्रतिबद्धताका कारण यो सबै सम्भव भएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा अघिल्लो वर्ष भन्दा ९७ प्रतिशत अर्थात ४० बिलियन युआन आरएन्डडीमा लगानी गरेको थियो । हाल यो १४० बिलियन सम्म पुगेको छ ।

बीवाईडीले हाल विश्वव्यापी रुपमा ४८ हजार भन्दा बढी पेटेन्टका लागि आवेदन दिएको छ र ती मध्ये ३० हजार पेटेन्ट प्राप्त गरिसकेको छ । १ लाख भन्दा बढी आरएन्डडी कर्मचारीहरुबाट प्राविधि सहयोग प्राप्त गर्दै बीवाईडीले न्यु इनर्जीको क्षेत्रमा केही नयाँ कार्य गरिरहेको बताएको छ ।

ईभी बाहेक ब्लेड ब्याट्रीका लागि समेत बीवाईडी लोकप्रिय छ । सो ब्याट्री टेस्ला, बीएमडब्ल्यु, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटो मेकरलाई समेत बीवाईडीले उपलब्ध गराइरहेको छ ।

नेपालमा समेत बीवाईडीका सवारी साधन उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...