बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो ३ : साउन २० मा नेपालमा लन्च हुने
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५...
चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप ब्रान्ड इभेन्टको आयोजना गरेको छ । युरोपेली बजार विस्तारको नीतिगत संकेत गर्दै यो कार्यक्रममा चांगान, दिपल र अवतार ब्रान्डका ९ नयाँ मोडलहरु प्रर्दशनी गरिएको थियो ।
यो वर्षको अन्तसम्ममा चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्य समेत लिएको छ । साथै कम्पनीले आउँदो तीन वर्षमा युरोपमा दिपल ०७ समेत गरेर नौ वटा मोडल सार्वजनिक गर्ने जनाएको छ ।
चांगानले स्थानीय आर एन्ड डीमा समेत लगानी गर्ने योजना बनाएको छ । इन युरोप, फर युरोप नीतिमा रहेर चांगानले एक हजार सेल्स र सर्भिस आउटलेट सुरु गर्ने र एक हजार स्थानीय कर्मचारीलाई जागिर दिने पनि जनाएको छ ।
इन्टेलिजेन्स र इलेक्ट्रिफिकेसनमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको चांगानले युरोपेली बजारमा भइरहेको हाइ पर्फर्मेन्स ईभीको मागलाई पूर्ति गर्ने अपेक्षा समेत गरेको छ ।
टेक्नोलोजिकल इनोभेसमा चांगान विश्वभर चर्चित छ । चांगानका ६ मुलुक र १० स्थानमा ग्लोबल आर एन्ड डी सिस्टम छन् जहाँ ३१ मुलुकका १८ हजार भन्दा बढी शोधकर्ताहरु काम गर्छन् । साथै, चांगानको १७ टेक्नोलोजी कम्पनी र १८० वटा ल्याब छन् जसले उसलाई युरोपेली ईभी बजारको महत्वपूर्ण खेलाडी बनाउनेछ ।
जर्मनीमा सार्वजनिक भएको चांगान केही समयमा नर्वे, डेनमार्क, नेदरल्यान्ड र युकेमा केन्द्रित हुनेछ । सन् २०२८ सम्ममा चांगान सबै युरोपेली बजारमा विस्तार भइसकेको हुनेछ । कम्पनीको युरोपेली मुख्यालय नेदरल्यान्ड हुनेछ जसले व्यापारिक अपरेसन केन्द्रको काम गर्नेछ । साथै बिक्री मुख्यालय जर्मनीको म्युनिख सहरमा हुने बताइएको छ ।
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५...
अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ का विभिन्न भेरिएन्ट मध्ये...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...