युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप ब्रान्ड इभेन्टको आयोजना गरेको छ । युरोपेली बजार विस्तारको नीतिगत संकेत गर्दै यो कार्यक्रममा चांगान, दिपल र अवतार ब्रान्डका ९ नयाँ मोडलहरु प्रर्दशनी गरिएको थियो ।

यो वर्षको अन्तसम्ममा चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्य समेत लिएको छ । साथै कम्पनीले आउँदो तीन वर्षमा युरोपमा दिपल ०७ समेत गरेर नौ वटा मोडल सार्वजनिक गर्ने जनाएको छ ।

चांगानले स्थानीय आर एन्ड डीमा समेत लगानी गर्ने योजना बनाएको छ । इन युरोप, फर युरोप नीतिमा रहेर चांगानले एक हजार सेल्स र सर्भिस आउटलेट सुरु गर्ने र एक हजार स्थानीय कर्मचारीलाई जागिर दिने पनि जनाएको छ ।

इन्टेलिजेन्स र इलेक्ट्रिफिकेसनमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको चांगानले युरोपेली बजारमा भइरहेको हाइ पर्फर्मेन्स ईभीको मागलाई पूर्ति गर्ने अपेक्षा समेत गरेको छ ।

टेक्नोलोजिकल इनोभेसमा चांगान विश्वभर चर्चित छ । चांगानका ६ मुलुक र १० स्थानमा ग्लोबल आर एन्ड डी सिस्टम छन् जहाँ ३१ मुलुकका १८ हजार भन्दा बढी शोधकर्ताहरु काम गर्छन् । साथै, चांगानको १७ टेक्नोलोजी कम्पनी र १८० वटा ल्याब छन् जसले उसलाई युरोपेली ईभी बजारको महत्वपूर्ण खेलाडी बनाउनेछ ।

जर्मनीमा सार्वजनिक भएको चांगान केही समयमा नर्वे, डेनमार्क, नेदरल्यान्ड र युकेमा केन्द्रित हुनेछ । सन् २०२८ सम्ममा चांगान सबै युरोपेली बजारमा विस्तार भइसकेको हुनेछ । कम्पनीको युरोपेली मुख्यालय नेदरल्यान्ड हुनेछ जसले व्यापारिक अपरेसन केन्द्रको काम गर्नेछ । साथै बिक्री मुख्यालय जर्मनीको म्युनिख सहरमा हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको नयाँ इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । ८ महिनाअघि...

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा...

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

एम्वास्डर कार उत्पादन गर्ने हिन्दुस्तान मोटर्सले अव इभी निर्माण गर्ने

भारतको आइकनिक अटो निर्माता हिन्दुस्तान मोटर्सले इलेक्ट्रिक भेहिलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...