स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

काठमाडौं– आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरी हिरोका तीनवटा मोटरसाइकल र स्कुटरको बिक्री सुरु गरेको छ । विगत लामो समयदेखी ज्योती ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङले बिक्री गर्दै आएको हिरोलाई आँफू मातहत ल्याएर सिजी मोटर्सले नयाँ यात्राको सुरुवात गरेको हो । कम्पनीले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुमसमेत बनाइसकेको छ भने देशभर डिलर नेटवर्क समेत विस्तार गरिसकेको जनाएको छ ।

कम्पनीले सुरुवातमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सपल्स २०० फोरभी र नयाँ स्कुटर जुमलाई नवलपरासीस्थित प्लान्टमा एसेम्वल गरी बिक्री सुरु गरेको हो । जसमध्ये मोटरसाइकलको मूल्य क्रमशः २ लाख ४० हजार ५००, २ लाख ६ हजार ९०० र ४ लाख ५० हजार ९०० रुपैँया निर्धारण गरिएको छ भने दुई वटा भेरिएन्टमा आएको जुम स्कुटरलाई २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० तोकिएको छ ।

सहकार्यको बारेमा आफ्नो धारणा राख्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ ।’

‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो’ उनले भने ।

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो विशेष क्षण रहेको बताए । उनले भने, ‘हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’

सम्बन्धित समाचारहरू

२९ वर्ष पुरानो यो बाइकले तोड्यो सबै कीर्तिमान, यस्तो छ विशेषता

२९ वर्ष पुरानो यो बाइकले तोड्यो सबै कीर्तिमान, यस्तो छ विशेषता

हिरो स्प्लेन्डर भारतमा सबैभन्दा बढी बिक्री हुने कम्युटर बाइक हो । २०२२ मा...

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...

हिरोले ल्यायो नयाँ भिडा भीटु इलेक्ट्रिक स्कुटर, कम मूल्यमा बलियो रेन्ज

हिरोले ल्यायो नयाँ भिडा भीटु इलेक्ट्रिक स्कुटर, कम मूल्यमा बलियो रेन्ज

हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भी१ को अपडेटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...