स्वदेशमै एसेम्वल गरिएका ४ बाइकको बिक्री मार्फत हिरोको नेपालमा नयाँ यात्रा सुरु

काठमाडौं– आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरी हिरोका तीनवटा मोटरसाइकल र स्कुटरको बिक्री सुरु गरेको छ । विगत लामो समयदेखी ज्योती ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङले बिक्री गर्दै आएको हिरोलाई आँफू मातहत ल्याएर सिजी मोटर्सले नयाँ यात्राको सुरुवात गरेको हो । कम्पनीले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुमसमेत बनाइसकेको छ भने देशभर डिलर नेटवर्क समेत विस्तार गरिसकेको जनाएको छ ।

कम्पनीले सुरुवातमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सपल्स २०० फोरभी र नयाँ स्कुटर जुमलाई नवलपरासीस्थित प्लान्टमा एसेम्वल गरी बिक्री सुरु गरेको हो । जसमध्ये मोटरसाइकलको मूल्य क्रमशः २ लाख ४० हजार ५००, २ लाख ६ हजार ९०० र ४ लाख ५० हजार ९०० रुपैँया निर्धारण गरिएको छ भने दुई वटा भेरिएन्टमा आएको जुम स्कुटरलाई २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० तोकिएको छ ।

सहकार्यको बारेमा आफ्नो धारणा राख्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ ।’

‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो’ उनले भने ।

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो विशेष क्षण रहेको बताए । उनले भने, ‘हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो हिरो एक्सपल्स २०० ४भी : एक्सपल्स २०० भन्दा करिव ८० हजार महंगो हुने

नेपाल भित्रियो हिरो एक्सपल्स २०० ४भी : एक्सपल्स २०० भन्दा करिव ८० हजार महंगो हुने

काठमाडौं – नेपाली बजारमा केही समय पछि बिक्री गर्ने तयारीका साथ हिरो...

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...