लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं - नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टी-ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारीमन्त्री भिम कार्कीद्धारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्रान्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
उपत्यकावाट वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सीजी मोटर्सको प्रतिबद्धतालाई यसले थप बल प्रदान गरेको कम्पनीको भनाइ छ । यो विस्तार नेपालमा स्मार्ट, दिगो र प्रभावकारी मोबिलिटी समाधानतर्फ बढिरहेको यात्राको महत्वपूर्ण कदम हो ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमाबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द कोइरालाले सीजी मोटर्सले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव प्रदान गर्नेछ । सीजी मोटर्सले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री भिम कार्कीले सीजी मोर्टसलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सीजी मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुत बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आइरहेको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...