एनजीएमबाट खोसियो हिरोको डिलरसिप, अब सीजी मोटर्स आधिकारिक वितरक, नवलपुरमा एसेम्बल हुने

काठमाडौं – नेपाली बजारमा हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर अब सीजी मोटोकर्पले बिक्री–वितरण गर्ने भएको छ । लामो समय देखि नेपाल जनरल मार्केटिङ (एनजीएम) ले हिरोका उत्पादन नेपालमा बिक्री–वितरण गरिरहेकोमा अब भने चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री–वितरण गर्ने भएको हो।

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्। यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। 

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ। 

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय शाहले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

उनले भने, ‘चौधरी ग्रुपको व्यापक व्यावसायिक ज्ञान र विविध व्यावसायिक दक्षताले नेपालमा हाम्रो व्यवसाय फस्टाउनेछ।’

उनले नेपाल हिरो मोटोकर्पको महत्वपूर्ण बजार रहेको बताउँदै यहाँ कम्पनीका उत्कृष्ट उत्पादन, सेवा र अनुभव बाँड्ने उल्लेख गरे। निकट भविष्यमै कम्पनीले नेपालका अन्य ठाउँमा समेत व्यवसाय विस्तार गर्ने र नयाँ उत्पादन ल्याउने उनको भनाइ छ। 

यता चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले पनि हिरो मोटोकर्पसँग सहकार्य
गर्न पाउँदा खुसी व्यक्त गरे। 

उनले भने, ‘विश्वव्यापी छवि बनाएको मोटरसाइकल र स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको कम्पनीसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा महत्त्वाकांक्षी प्रवेश भएको छ।’

यसले व्यवसाय वृद्धिमा ठूलो योगदान गर्ने बताउँदै उनले चुस्त एसेम्बली युनिट स्थापना गरिने बताए। 

नेपालमा उक्त कम्पनीका विभिन्न उत्पादनहरु रहेका छन्। तिनमा इन्ट्री लेभलदेखि प्रिमियम लेभलसम्मका दुईपांग्रे छन्। जसमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु रहेका छन्। मोटरसाइकलबाहेक डेस्टिनी १२५, मायस्ट्रो एज र प्लेजर प्लसजस्ता स्कुटर पनि नेपालमा लोकप्रिय छन्। विशेष गरी लामो समय देखि स्प्लेन्डर र पछिल्लो समयमा भित्रिएको एक्सपल्स २०० मोटरसाइकल तथा प्लेजर स्कुटर निकै नै रुचाइएका मोडल हुन् । भारतमा पछिल्लो समयमा लन्च भएको हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध गराउने बताइएको छ ।

पहिलो हिरो होन्डा एउटै कम्पनी भएकोमा कम्पनी छुट्टिएर हिरो र होन्डा बने पछि नेपाली बजारमा पनि आधिकारिक बिक्रेता समेत भाग लगाइएको थियो । ज्योति समूह अन्तर्गको स्याकार ट्रेडिङले होन्डा र एनजीएमले हिरो बेच्न थालेका थिए । यद्यपि होन्डाको बजार राम्रो भए पनि हिरोले भने अपेक्षित व्यापार गर्न सकेको थिएन ।

यही अवस्थामा हिरोले एनजीएमको डिलरसिप नवीकरण गर्न नमाने पछि यस सम्बन्धी विवाद अदालत सम्म पुगेको थियो । यो अवस्थामा विभिन्न औद्योगिक घरानाले हिरोको डिलरसिप लिन प्रयासरत रहेको अवस्थामा सीजी मोटर्सले डिलरसिप हात पार्न सफल भएको हो ।

सम्बन्धित समाचारहरू

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

हिरोको १२५ सीसीको स्कुटर अब नेपालमा, मूल्य २ लाख ६६ हजार

हिरोको १२५ सीसीको स्कुटर अब नेपालमा, मूल्य २ लाख ६६ हजार

काठमाडौं – नेपाली बजारमा पहिलो पटक हिरोले १२५ सीसीको स्कुटर उपलब्ध गराएको...

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो एक्सिट्रम २५० आर र एक्सपल्स २१० को बुकिङ खुला

हिरो मोटोकर्पले भारतमा एक्ट्रिम २५० आर र एक्सपल्स २१० को लागि बुकिङ खुला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...