सीएफमोटो ४५० एमटी राइडर अपर मुस्ताङ पुग्ने, एड्भेन्चर राइडको मज्जा लिने

काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘सीएफमोटो एड्भेन्चर राइड २०२४ : अपर मुस्ताङ’ को आयोजना गर्ने भएको छ ।

नेपालमा हालै लन्च गरिएको सीएफमोटोको ४५० एमटी एड्भेन्चर टुरिङ मोटरसाइकलको बोल्ड स्पिरिट र रोबस्ट परफर्मेन्स प्रदर्शन गर्नका लागि सो असाधारण अभियान विशेष रुपमा डिजाइन गरिएको हो ।

गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा डेब्यु गरिए पश्चात ४५०एमटीले धेरै एड्भेन्चर पारखीहरुका लागि साथमा हुनै पर्ने बाइकको रुपमा पहिचान कायम गरेको कम्पनीको भनाइ छ । अब राइडरहरुले बाइकमा भएको क्षमतालाई नेपालको सबैभन्दा कठोर र लोभलाग्दो भूगोलमा प्रत्यक्ष रुपमा अनुभव गर्ने अवसर प्राप्त गर्नेछन् ।

आगामी डिसेम्बर २ अर्थात मंसिर १७ देखि प्रारम्भ हुने सो एड्भेन्चर डिसेम्बर ८ अर्थात मंसिर २३ सम्म चल्ने छ । राइडरहरुले सो अवसरमा काठमाडौं देखि कोरला बोर्डर सम्मको १ हजार किलोमिटर भन्दा बढीको यात्रा अनुभव गर्नेछन् ।

काठमाडौंबाट यात्रा प्रारम्भ भए पश्चात राइडरहरु चितवन राष्ट्रिय निकुञ्ज, तानसेन, कालापानी लगायतका विभिन्न भौगोलिक क्षेत्र हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र लोमान्थाङ हुँदै कोरला बोर्डर पुग्ने छन् । सो अवसरमा राइडरहरुले अविस्मरणिय एड्भेन्चर राइडको अनुभव गर्नेछन्, जुन रुटमा उनीहरुले प्राकृतिक सौन्दर्यता, टेक्निकल अफरोड च्यालेन्ज र समृद्ध सांस्कृतिक अनुभव गर्न सक्ने छन् ।

‘सो राइड साहसिक यात्राको सार हुनेछ । कुनै पनि टेरेनमा पुग्न सक्षम मोटरसाइकलमा सवार भएर राइडरहरुले अटुट ट्रेल र नेपालको लुकेका रत्नरुपी दृश्यहरु पत्ता लगाउने छन्,’ ऋषि ट्रेड सेन्टरका म्यानेजिङ डाइरेक्टर उज्वल जोशीले भने, ‘इन्ड्युरेन्स, एक्सप्लोरेसन र मोटरसाइक्लिङको ट्रयु स्पिरिटको सही अनुभव यसले दिनेछ ।’

सो एड्भेन्चर राइडमा सहभागी हुन र यसको मज्जा लिन कम्पनीले सबैलाई आग्रह गरेको छ । यसको वारेमा विस्तृत जानकारी लिनका लागि सीएफमोटो नेपालको सोसल मिडिया र अन्य आधिकारिक वेबसाइट हेर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्

बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्

बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

काठमाडौँ – राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने...

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...