काठमाडौंमा सिएफ मोटोको विशेष ट्रेनिङ सम्पन्न, दक्ष टेक्निसियन उत्पादनमा जोड

काठमाडौं– सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष ट्रेनिङ सम्पन्न गरेको छ । चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् । मसिंर २९ देखी पुष २ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा काठमार्डौ, भक्तपुर, ललितपुर, काभ्रे, हेटौडा, बुटवल र पोखराका टेक्निसियन सभागी भएका थिए ।

कार्यक्रम सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । ट्रेनिङ सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसंग सम्वन्धित थियो । कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्री पछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ ।

‘सिएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखी बिक्री हुँदै आएको हो । यो ब्रान्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौ । सर्भिसिङलाई सहज बनाउन स्थानिय स्तरमा वर्कशप संचालन गर्दै आएका टेक्निसियनलाई समेत दक्ष बनाउनु पर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रमा सम्पन्न गरेका हौँ’ उनले भने ।

ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित गर्दै लगेकोे छ । ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्ट्समा नै छ । हाम्रो प्रोडक्ट प्रयोग गर्ने कोही पनि ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्नेमा हामी सचेत छौ । सोही अनुरुप पछिल्लो समय शोरुमको विस्तारसंगै स्थानिय स्तरमा वर्कशप संचालन गर्ने टेक्निसियनलाई समेत ट्रेनिङ दिन थालेका हौँ । हाम्रो यो कदमले आगामी दिनमा सिएफ मोटो र जिहो ब्रान्डको मर्मत सम्भार कार्य झनै सहज वन्ने विश्वास छ ’ जोशीले भने

सम्बन्धित समाचारहरू

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले...

बाइकमा फ्रन्ट ब्रेक कहिले प्रयोग गर्ने र नगर्ने ?

बाइकमा फ्रन्ट ब्रेक कहिले प्रयोग गर्ने र नगर्ने ?

बाइक चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । सही गति कायम राख्नुका साथसाथै,...

अपडेट सहित हार्ले डेभिडसनको पहिलो मेड-इन- इन्डिया बाइक हार्ले डेभिडसन एक्स ४४० लन्च

अपडेट सहित हार्ले डेभिडसनको पहिलो मेड-इन- इन्डिया बाइक हार्ले डेभिडसन एक्स ४४० लन्च

हार्ले डेभिडसनले भारतीय बजारमा अपडेट गरिएको हार्ले डेभिडसन एक्स४४० लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...