भदौ ९ देखि १८ औँ नाडा अटो शो, नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट पाइने
काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...
काठमाडौँ — साउन २६ गतेदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। दुई दर्जनभन्दा बढी कार ब्रान्डहरूको सहभागिता रहेको उक्त एक्सपोमा ५० भन्दा बढी नयाँ मोडलका सवारीसाधनहरू सार्वजनिक गरिएका थिए।
नाइमा मोबिलिटी एक्सपो सकिएको केही दिनलगत्तै भृकुटीमण्डपमा अर्को भव्य अटो शोको तयारी भइरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म आयोजना गर्न लागेको ‘नाडा अटो शो’ मा २०० भन्दा बढी स्टलहरू रहनेछन्। उक्त अटो शोमा दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारीसाधन, साना तथा ठूला कमर्सियल भेइकलका साथै मर्मतसम्भारमा प्रयोग हुने स्पेयर पाट्र्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री र विभिन्न एसेसोरिजहरू समेत उपलब्ध हुनेछन्।
अघिल्लो वर्ष नाइमा एक्सपोको आयोजनापछि नाडा अटो शोको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी गरिए पनि यस वर्षको नाडा अटो शो झनै भव्य र बृहत् हुने देखिएको छ। नाइमा मोबिलिटी एक्सपोमा सहभागी भई चर्चा बटुलेका टाटा, प्रोटोन, बीवाईडी, चेरी, ओमोडा, जेइको, एमजी, वुलिङ, लिपमोटर र जीडब्लूएम जस्ता १० प्रमुख ब्रान्डहरू आगामी नाडा अटो शोमा समेत देखिनेछन्।
गत वर्ष नाडा अटो शोमा मात्र सहभागी भएको सिप्रदी ट्रेडिङले यसपटक नाइमामा पन्च र टियागो ईभीको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो भने नाडा अटो शोमा सियरा ईभी लन्च गर्ने तयारी गरेको छ। त्यसैगरी, नाइमा मोबिलिटी एक्सपोमा मात्र सहभागी हुँदै आएका एसपीजी अटोमोबाइल्स, पारमाउन्ट मोटर्स, जगदम्बा मोटर्स, सांग्रिला मोटर्स र भीजी इम्पेक्सले पनि नाडा अटो शोका लागि स्टल बुक गराएका छन्।
नाडा अटो शोमा साइमेक्स इंकले एट्टो सिरिजका नयाँ जेनेरेशन, एसपीजी अटोमोबाइल्सले चेरी, ओमोडा र आईकार ब्रान्डका ईभीहरू प्रदर्शन गर्ने तयारी गरेका छन्। त्यसैगरी, जगदम्बा मोटर्सले प्रोटोन, पारमाउन्ट मोटर्सले एमजी र वुलिङ तथा भीजी इम्पेक्सले जीडब्लूएम ब्रान्डलाई शोकेस गर्नेछन्। यसबाहेक एक्सपेङ, एवोन, दिपल, जेटुर, सुजुकी, अवतार, स्कोडा, डोङफेङ नामी, बीएडब्लू, जिली, रिडारा र फोटोन जस्ता ब्रान्डका चारपाङ्ग्रे सवारीसाधनहरू पनि नाडा अटो शोको मुख्य आकर्षणका रूपमा रहनेछन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...