फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि चुलिएको छ । उनी लक्जरी कारका शौखिन हुन् । मेसीको कलेक्सनमा एफ४३० स्पाइडर सबैभन्दा महँगो कार हो । जसको मूल्य करिव ३ करोड रुपैयाँ भन्दा बढी पर्छ । यसको टप स्पिड ३०० किमी प्रतिघन्टा छ ।

द रिचेस्टका अनुसार मेसीसँग मिड इन्जिन स्पोर्ट्स कार पगानी जोन्डा रोडस्टर पनि छ । सो कारको मूल्य करिव २६ करोड रुपैयाँ जति छ । यसको टप स्पिड ३४९ किमी प्रतिघन्टा छ । यो विश्वको सबैभन्दा तीव्र गतिको कार मध्ये एक हो ।

मेसीले मर्सिडिज एसएलएस एएमजी ४ करोड रुपैयाँमा खरिद गरेका थिए । मेसीको कार कलेक्सनमा यो उत्कृष्ट कार हो । यसको टप स्पिड २८० किमी प्रतिघन्टा छ ।

मेसीसँग मासेराटी ग्रान्ड टुरिज्मो एमसी स्ट्राडेल पनि छ, जसको मूल्य करिव ४ करोड रुपैयाँ छ । यसमा ४.७ लिटर भी८ इन्जिन जडान गरिएको छ । सो कार ४.५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको स्पिडमा गुड्छ ।

मेसीको कार कलेक्सनमा रेन्ज रोभर भोग एसयूभी पनि छ । यसको मूल्य अढाई करोड रुपैयाँ छ । ५ सीटर भएको सो एसयूभी ५.४ सेकेन्डमा ० देखि १०० किमी प्रति घन्टा रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै

नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै

फोर्ड फिगोले चाँडै नै अटोमेटिक गियरबक्सको साथमा नयाँ ह्याचब्याक लन्च...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

काठमाडौं – फोर्डले भारत छाड्ने निर्णय गरेपछि पहिलोपटक नेपालस्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...