बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजै कर्जा पाइने
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीको बिक्री प्रारम्भ गरेको छ ।
साइमेक्स इंकले गत वर्षको नाडा अटो शोमा पहिलो पटक यो गाडी सार्वजनिक गरेको थियो । यद्यपि यसको औपचारिक बिक्री भने अब हुने भएको हो ।
सिलायन ७ एसयूभीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर अर्ली बर्ड अफरको रुपमा कम्पनीले हाल यसको मूल्य ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
हाल नेपाली बजारमा उपलब्ध बीवाइडी सिलायन ७ मा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर सम्म रेन्ज दिने कम्पनीले वेबसाइटमै उल्लेख गरेको छ । यसको टप स्पिड २१५ किलोमिटर छ । ३८० एनएम टर्क जेनेरेट गर्ने क्षमता भएको यो गाडीमा ५ व्यक्ति आरामदायी तरिकाले बस्न सकिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित बीवाईडी सिलायन ७ मा बीवाईडी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), सीटीबी (सेल–टु–बडी) टेक्नोलोजी, अल्ट्रा–सेफ प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन प्लस मल्टी–लिंक, ३६० डिग्री प्यानोरामिक भ्यु सहितको स्मार्ट एडास र भेइकल टु लोड अर्थात भी२एल लगायतका फिचर छन् ।

बीवाईडी सिलायन ७ ईभीमा सिलमा जस्तै हेडलाइट दिएको छ । साथै यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ
कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ।
सिलायन ७ को क्याबिनको ड्यासबोर्डमा हिटेड ग्रिप्स र अडियो फंक्शनको साथमा ४ स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । यसको सेन्ट्रल कन्सोलमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन र दुई कपहोल्डर उपलब्ध छ ।
सो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लासको छत जस्ता फिचर उपलब्ध छ । साथै हिटिङ र भेन्टिलेसन फंक्शन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र...
बीवाईडीले आफ्नो ओसियन शृङ्खला अन्तर्गत दुई नयाँ हाई–इन्ड फ्ल्यागशिप मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...