यस्तो छ अटो एक्सपोमा बीवाईडीले देखाएको सिलायन ७, रेन्ज ५६७ किलोमिटर
चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी बीवाईडीले भारत मोबिलिटी...
काठमाडौं–बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शुक्रबार नयाँ विद्युतीय एसयूभी सिलायन ७ लन्च गर्ने भएको छ । कम्पनीले आफ्नो फेसवुक पेजमा टिजर रिलिज गरेर यसबारे जानकारी दिएको हो ।
गत वर्षको नाडा अटो शोमा शोकेस गरिएको यस ईभीलाई कम्पनीले १० महिनापछि औपाचारिक रुपमा बिक्री सुरु गर्न लागेको हो । सिलायन ७ ईभी नेपालमा बीवाईडीको सिल, एट्टो ३ र डल्फिन र एम६ पछिको पाँचौ मोडल हुनेछ ।
बीवाईडी सिलायन ७ ईभीमा सिलमा जस्तै हेडलाइट दिएको छ । साथै यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ ।
कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ ।

सिलायन ७ को क्याबिनको ड्यासबोर्डमा हिटेड ग्रिप्स र अडियो फंक्शनको साथमा ४ स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । यसको सेन्ट्रल कन्सोलमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन र दुई कपहोल्डर उपलब्ध छ ।
सो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लासको छत जस्ता फिचर उपलब्ध छ । साथै हिटिङ र भेन्टिलेसन फंक्शन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
सिलायन ७ ईभी प्रिमियम र परफर्मेसन गरी भेरिएन्टमा उपलब्ध छ । सो दुबै भेरिएन्टमा ८२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक उपलब्ध छ । प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ । परफर्मेसन भेरिएन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।
यसको प्रिमियम भेरिएन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरिएन्टले ४.५ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गति लिन्छ । फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी बीवाईडीले भारत मोबिलिटी...
काठमाडौं– नेपालमा बीवाईडी गाडीको बिक्री बढेसंगै आधिकारिक वितरक साइमेक्स...
विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक बीवाइडीले नयाँ हाइब्रिड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...