देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

काठमाडौं - बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आज देखि सुरु भएर आगामी बैशाख २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्ने छन् र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका विभिन्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ । यस अनुसार चितवनकाे बीवाईडी पार्क, बुटवलकाे भेल्भेट लक्स होटल, भैरहवाकाे बोधी रेडसन हाेटल र नेपालगन्जकाे बीवाईडी नेपालगन्ज शोरुममा साे क्याम्पेन हुनेछ ।

त्यसैगरी दाङकाे माला इन, धनगढीकाे होटल रुबस, विर्तामोडकाे टाइमलेस मोमेन्ट्स होटल तथा दमक, इटहरी, विराटनगर, जनकपुर, लहान र वीरगन्जका बीवाईडी शोरुममा साे क्याम्पेन हुनेछ ।

पोखराकाे रोयल महल बैंक्वेट, ललितपुरकाे सत्कार फाइन डाइन, पेप्सीकोलाकाे म्याजेस्टिक बैंक्वेट, कोटेश्वरकाे रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट, सोल्टीमोडकाे ल्यान्डमार्क रिसेप्सन, सातदोबाटोकाे सेल्सबेरी र नक्सालकाे आम्रपाली बैंक्वेटमा साे क्याम्पेन हुनेछ ।

‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।

सम्बन्धित समाचारहरू

नेपालमा जिली ईएक्स५ ईभीको मूल्यमा परिमार्जन, कति पुग्यो ?

नेपालमा जिली ईएक्स५ ईभीको मूल्यमा परिमार्जन, कति पुग्यो ?

काठमाडौं – नेपालमा जिली ईएक्स५ ईभीको आधिकारिक आयातकर्ता तथा वितरक...

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...