नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाडा अटो शोका लागि भनेर एट्टो२ भित्र्याइसेको छ । केहि दिनअघि मात्रै सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा एट्टो१ लन्च गरेर ठूलो संख्यामा बुकिङ पाएको कम्पनीले नाडा अटो शोमा पनि एट्टो२ लाई ‘हट केक मोडल’का रुपमा प्रस्तुत गर्ने तयारी थालेको हो ।

बीवाईडीको डल्फिनभन्दा माथी र एट्टो३ भन्दा तल्लो रेन्जमा उपलब्ध हुने एट्टो२ ले कम बजेटमै एउटा विश्वासिलो विद्युतीय एसयूभी खोज्ने ग्राहकको चाहना पुरा गर्ने देखिन्छ । साइमेक्स इंकले यस एसयूभीलाई ४५ देखी ५० लाखको विचमा बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।

बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो२ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रबिधी दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्त्रिफ राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।

यस कारको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम, उचाई १६७५ एमएम र ह्विलवेस २६२० एमएम छ । साइडमा १७ इन्चको अलोय ह्वीलसँगै ब्ल्याक कलरको ह्वील आर्क र बडी क्लाइडिङले यसको लुक्समा निखार दिएको छ । पछाडि एलईडी लाइटबारको साथमा फरक डिजाइनको इन्फिनिटी रिङ प्यार्टन छ । उक्त प्यार्टनले एटो–टुलाई युनिक भिजुअल सिग्नेचर दिएको छ ।

साथै, यस कारमा जडान गरिएको ४५.१ किलोवाट आवार क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो२ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल–२ एडास दिइएको छ । यस कारले यरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

बीवाइडीले यसमा ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट जस्ता बहु उपयोगी फिचर दिएको छ ।

बीवाईडीको एट्टो२ को प्रतिस्पर्धीका मरुपमा एमजी एस५, लिपमोटर बी१०, फरथिङ फ्राईडे र हुन्डाई क्रेटा रहेका छन् । साथै, नाडा अटो शोमार्फत नै लन्च हुने तयारीमा रहेको अर्को नयाँ विद्युतीय एसयूभी नामी०६ समेत यसको नजिकको प्रतिस्पर्धी हो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो आगामी फागुन ९ देखि १४ सम्म हुने

नाडा अटो शो आगामी फागुन ९ देखि १४ सम्म हुने

काठमाडौं – कोरोना भाइरस संक्रमणको कारण रोकिदै आएको अटोमोबाइल कुम्भ मेला...

नाडा अटो शोमा यी सवारी ब्रान्डको सहभागिता हुने, टाइटल स्पोन्सर टाटा.ईभी

नाडा अटो शोमा यी सवारी ब्रान्डको सहभागिता हुने, टाइटल स्पोन्सर टाटा.ईभी

काठमाडौं – दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा...

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...