एमजी बिक्रेता पारामाउन्ट मोटर्सले निकाल्यो अर्को बिज्ञप्ती, तार सर्ट भएर नै आगलागि भएको जिकिर
काठमाडौं– एमजी जेडएस ईभीमा आगलागि घटानाले ठूलै रुप लिएपछि एमजी गाडीको...
प्रतिष्ठित चाइनिज ब्रान्ड बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भारतमा आज सार्वजनिक गरिएको छ । ५० हजार भारुका साथ बुकिङ गर्न सकिने सो इलेक्ट्रिक कार आगामी जनवरी देखि डेलिभरी गरिने छ ।
भारतमा सार्वजनिक गरिएको बीवाईडी एट्टो३ मा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले ५२१ किलोमिटरको रेन्ज दिने बताइएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।
यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, ८ स्पिकर, एलईडी लाइटिङ सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छ ।
सुरक्षाका लागि यसमा ७ एयरब्याग, टीपीएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ईएसपी, टीसीएस, अल ह्विल डिस्क ब्रेक र अन्य धेरै फिचर छन् ।
भारतमा यो गाडीको मूल्य अर्को महिना मात्र सार्वजनिक गरिने बताइएको छ ।
नेपाली बजारका लागि आगामी शनिबार बीवाईडी एट्टो३ लन्च हुँदैछ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी शनिबार बीवाईडी एट्टो३ को ग्रान्ड लन्च गरिने जानकारी सामाजिक सञ्जालमार्फत दिइसकेको छ ।
काठमाडौं– एमजी जेडएस ईभीमा आगलागि घटानाले ठूलै रुप लिएपछि एमजी गाडीको...
एमजीले प्योर इलेक्ट्रिक एसयूभी एमजी ईएस५ चीनमा सार्वजनिक गरेको छ । फेमिली...
काठमाडौं – नेपाली बजारमा एमजी ब्रान्डका गाडी बिक्री–वितरण गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...