बीएस६ यामाहा एमटी–१५ दसैं सम्म आउने, एफजेड–एक्स र एफजेडएस भी३ को सम्भावना कम

काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका विभिन्न मोडल मध्ये एमटी–१५ को बीएस६ इन्जिनयुक्त मोडल दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले उक्त मोटरसाइकल चाडपर्वलाई लक्ष्यित गरी दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

यद्यपि यामाहाका दुई मोडल एफजेड–एक्स १५० र एफजेडएस भी३ भने दसैं सम्म नेपाली बजारमा उपलब्ध हुने सम्भावना कम देखिएको छ । हालै बढाइएको अन्तशुल्कले समेत यसमा असर पार्ने भएको छ भने नेपाल भित्र्याउने तयारी थालेको भए पनि तिहार सम्ममा पनि नेपाली बजारमा उपलब्ध हुने सम्भावना समेत कम हुँदै गएको कम्पनी स्रोतले बताएको छ ।

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ । पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

हाल नेपाली बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ छ । नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य हालको मोडल भन्दा १० हजार देखि २० हजार रुपैयाँ सम्म बढी हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौं–यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा...

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

यामाहा आरवान फाइभ (आर१५) नेपाली युवाहरुका बीचमा समेत लोकप्रिय छ । १५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...