नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...
ब्रिटिश ड्राइभर लुइस ह्यामिल्टनका लागि हिजो रसियन ग्रांपी चलिरहेको सोची सर्किटले ठूलो उपहार लिएर आयो । दुई ल्याप मात्र बाँकी रहदा सम्म रेस लिड गरिरहेका लान्डो नोरिस बर्षातका कारण चिप्लदा ह्यामिल्टन अगाडि बढे । यही कारण नै ह्यामिल्टन रसियन ग्रांपी विजेता बन्न पुगे । विचरा लान्डो नोरिसले सातौ स्थानमा चित्त बुझाउनु परेको छ ।
यो जितसँगै मर्सिडिज ड्राइभर ह्यामिल्टन फर्मुला वानमा १ सय रेस जित्ने पहिलो ड्राइभर बनेका छन् । दोस्रो नम्बरमा रेड बुलका म्याक्स वेरस्टपन र तेस्रो स्थानमा फरारी ड्राइभर कार्लोस मेन्जो रहे ।
ह्यामिल्टनले यसका साथ ३५.६ प्रतिशत रेस जितेर समेत रेकर्ड कायम गरेका छन् । उनले भाग लिएका २ सय ८१ मध्ये १०० रेस जितेका हुन् । जित प्रतिशतको हिसाबले उनी अहिले पनि तेस्रो नम्बरमा छन् । पहिलो नम्बरमा अल्बर्टो अस्करी छन्, जसको जित प्रतिशत ४०.६ प्रतिशत छ ।
हाल सम्म ह्यामिल्टन पछि धेरै रेस जित्ने खेलाडीको दोस्रो नम्बरमा माइकल शुमाकर छन् । उनले ९१ पटक रेस जितेका छन् । त्यसैगरी तेस्रो नम्बरमा सवास्टियन भेटेल छन् र उनले ५३ पटक रेस जितेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...