बीएमडब्ल्युको इलेक्ट्रिक बाइक कन्सेप्ट सार्वजनिक, सिंगल चार्जमा ९० किमी रेन्ज प्रदान गर्ने

बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । बाइक हेर्दा सानो भए तापनि बाइकलाई हाईटेक बनाउनका लागि कम्पनीले पुरा कोशिस गरेको छ । बीएमडब्ल्युले उक्त बाइकलाई सीई ओ२ नाम दिएको छ । यसको टप स्पिड ९० किलोमिटर प्रति घन्टा रहेको छ । कम्पनीले सो बाइकको प्रोडक्सन चाँडै सुरु गर्ने भएको छ ।

बीएमडब्ल्युले यहि महिनाको सुरुवातमा सो बाइक घरेलु बजारमा पेश गरेको थियो । बाइकको डिजाइन साधारण तर आधुनिक देखिन्छ । बाइकको फ्रन्टमा ४ सानो राउन्ड एलईडी लाइट जडान गरिएको छ । जसको माथि ह्यान्डल बारको बीचमा सानो सर्कुलर डिजिटल डिस्प्ले सेट समावेश गरिएको छ । बीएमडब्ल्युमा मोबाइल कनेक्टिभिटी फिचर समावेश गरिएको छैन ।

बीएमडब्ल्यु सीई ओ२ इलेक्ट्रिक बाइकमा ११ केडब्ल्यु क्षमताको मोटर जडान गरिएको छ । जसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । साथै सिंगल चार्जमा ९० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ ।

हालको लागि बाइकको प्रोडक्सनको बारेमा केही जानकारी साझा गरिएको छैन । तर, भविष्यमा सो बाइक लन्च गर्ने सम्भावना रहेको छ । बाइकको डिजाइन इलेक्ट्रिक स्कुटर र बाइकको बीचमा सेट हुनेछ । साथै बाइकले युवावर्गलाई आकर्षण गर्ने कम्पनीले दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

१४ करोड २० लाख डलरमा बिक्री भयो मर्सिडिज वेन्जको यो भिन्टेज कार

१४ करोड २० लाख डलरमा बिक्री भयो मर्सिडिज वेन्जको यो भिन्टेज कार

मर्सिडिज वेन्जको ६७ वर्ष पुरानो मोडलको एक कार हालसम्मकै सर्बाधिक बढी...

बिएमडब्लुले पेट्रोल कारबाट ‘आई’ हटाएर ईभीमा मात्र राख्ने

बिएमडब्लुले पेट्रोल कारबाट ‘आई’ हटाएर ईभीमा मात्र राख्ने

बिएमडब्लुले पेट्रोलबाट चल्ने सवारी साधनका नामको अन्त्यमा राँखिदै आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...