अब खल्तीबाटै २५० रुपैयाँमा ब्लुबुक नवीकरण गर्न सकिने
काठमाडौं – खल्ती डिजिटल वालेटले बिचमा रोकिएको ब्लुबुक नवीकरण सेवा पुनः...
धेरै सवारी साधन धनीहरुको ब्लुबुक अर्थात बिलबुक हराएको पाइन्छ । यो अवस्थामा नयाँ ब्लुबुक लिएर सहज तरिकाले दैनिकी चलाउन सकिन्छ । ड्राइभिङ गर्दा जहिले पनि साथमा राख्नु पर्ने र अपटुडेटको अवस्थामा हुनु पर्ने ब्लुबुक नै हरायो भने ट्राफिकले थप जरिवाना तिराउने अवस्था हुन्छ । त्यसैले समयमै नयाँ ब्लुबुक लिनु आवश्यक हुन्छ ।
यदि तपाईंको ब्लुबुक हराएको छ भने सबैभन्दा पहिले ट्राफिक प्रहरीबाट 'हराएको सिफारिस' (Lost Document Recommendation) लिनुपर्छ । यसका लागि अब ट्राफिक कार्यालय धाइरहनु पर्दैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनलाइनबाटै यो सिफारिस लिने व्यवस्था मिलाएको छ ।
यसका लागि प्रहरीको आधिकारिक अनलाइन पोर्टल ldims.nepalpolice.gov.np मा जानुपर्ने हुन्छ । त्यहाँ 'लस डकुमेन्ट एप्लिकेसन' (Lost Document Application) अन्तर्गत 'सब्मिट एप्लिकेसन' (Submit Application) मा क्लिक गर्नुपर्छ ।
यति गरेपछि फाराममा मागिएका विभिन्न विवरणहरु भर्नुपर्ने हुन्छ । डकुमेन्ट टाइप अन्तर्गत ब्लुबुक छनोट गर्नुपर्छ । त्यसैगरी सवारी विवरणमा सवारी नम्बर र ब्लुबुक जारी भएको स्थान खुलाउनु पर्छ । व्यक्तिगत विवरणमा सवारी धनीको पूरा नाम, मोबाइल नम्बर, ठेगाना (प्रदेश, जिल्ला, नगरपालिका/गाउँपालिका र वडा नम्बर) भर्नुपर्छ । कागजात अपलोड भनेकोमा आफ्नो नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वा पासपोर्टमध्ये कुनै एकको स्पष्ट देखिने स्क्यान कपी वा फोटो (पीएनजी वा जेपीजी फर्म्याटमा, बढीमा १ एमबी साइजको) अपलोड गर्नुपर्छ ।
यसरी अनलाइन प्रणालीमा सवै विवरणहरु भरिसके पछि विवरण प्रमाणीकरण भई करिब १२ देखि ७२ घण्टा वा बढीमा ७ दिनभित्र ‘सिफारिस प्राप्त भयो’ भन्ने मेसेज मोबाइलमा आउँछ । त्यसपछि उक्त सिफारिसलाई अनलाइनबाटै डाउनलोड गरी प्रिन्ट गर्नुपर्छ ।
त्यसपछि अब यातायात कार्यालयमा आवश्यक प्रक्रिया गर्नुपर्ने हुन्छ । अनलाइनबाट प्राप्त सिफारिस पत्र प्रिन्ट गरी सेवाग्राही आफ्नो सवारी साधन दर्ता भएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा जानुपर्छ । यातायात कार्यालय जाँदा प्रिन्ट गरिएको ट्राफिक प्रहरीको हराएको सिफारिस पत्र, सवारी धनीको सक्कल नागरिकता प्रमाणपत्र, सवारी धनीको ३ प्रति पासपोर्ट साइजको फोटो, सवारीको सक्कल फाइल (यदि सवारी धनी आफैंसँग छ भने लैजाने, नत्र यो कार्यालयमै सुरक्षित हुन्छ) साथै लैजानु पर्छ ।
सम्बन्धित यातायात कार्यालयमा गएर प्रतिलिपि फाराम भरी यी कागजातहरू बुझाएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अगाडि बढ्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...