दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा उपहार योजना सार्वजनिक गरिरहेका छन् । टु ह्विलरमा हालसम्म बजाज, टीभीएस र यामाहाले यस्तो स्किम सार्बजनिक गरिसकेका छन् भने बाँकी कम्पनीले समेत केहि दिनभित्रै यस्तो स्किम सार्बजनिक गर्ने गरी तयारी तीव्र बनाएका छन् ।

टु ह्विलरमा हालसम्म सार्वजनिक गरिएको स्किम योजनालाई अध्ययन गर्ने हो भने टीभीएसले निकै नै आकर्षक र लोभलाग्दो अफर सार्बजनिक गरेको छ । टीभीएसको यो स्किम सम्भबत यो सिजनका लागि सर्बाधिक चर्चाको बिषय बन्न सक्छ ।

टीभीएसले ‘६ प्राइजको सरप्राइज’ नामक अफर सार्वजनिक गरेर फेस्टिवल अफरमा दमदार इन्ट्री मारेको सहजै अनुमान लगाउन सकिन्छ । कम्पनीले मोटरसाइकल नकिन्दैदेखि किनेपछि, दैनिक, हरेक हप्ता, हरेक महिना र बम्पर प्राइज गरेर छ पटक उपहार जित्नसक्ने योजना ल्याएको हो ।

यस अफर अन्तर्गत टीभीएसको बाइक वा स्कुटर किन्दा ६ पटक सम्म विभिन्न पुरस्कार जित्ने मौका पाइने छ । सबैभन्दा पहिले कुनै पनि ग्राहकले यो लिंकमा लगइन गरेर आफूले किन्न चाहेको बाइक वा स्कुटर तथा आफ्नो नाम र मोबाइल नम्बर तथा ठेगानासहित फारम भर्नु पर्नेछ । यसका आधारमा बढीमा १ लाख रुपैयाँ सम्म जित्ने अवसर पाइने छ ।

त्यसैगरी बाइक किन्ने समयमा पनि अर्को स्किम प्राप्त हुनेछ । यो अवस्थामा समेत बढीमा १० लाख रुपैयाँ सम्म जित्न सकिने छ । प्रत्येक दिन रियल मी सी२० स्मार्टफोन उपहारको रुपमा प्रदान गरिने छ ।

यी वाहेक हरेक हप्ता शतप्रतिशत क्यासब्याक, हरेक महिना ७ लाख ८० हजार मूल्य पर्ने अपाचे आरआर ३१० मोटरसाइकल प्रदान गरिने छ भने बम्पर पुरस्कारको रुपमा अन्त्यमा एक जनालाई ३७ लाख ९९ हजार मूल्य पर्ने प्रोटोन सागा कार प्रदान गरिने छ । पहिलो पटक फारम भरेर इन्क्वायरी मात्र गरेका ग्राहकले समेत मोबाइल र अपाचे आरआर ३१० बाइक जित्न सक्ने अवसर पाउने छन् ।

टु ह्विलर सेग्मेन्टमा सबैभन्दा पहिले स्किम सार्बजनिक गरेको बजाजले ‘खुसीको ३ डोज’ नामक अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै यो स्किमका लागि रजिस्टर गरेर १० हजार रुपैयाँ सम्म छुट पाउन सकिने छ । यो रकम मोटरसाइकल खरिद गरे पछि भुक्तानी हुनेछ ।

दोस्रो डोज अन्तर्गत मोटरसाइकल किन्दा १ लाख रुपैयाँ सम्म छुट पाइने छ । अनि तेस्रो डोज अन्तर्गत मोटरसाइकल किने पछि प्रत्येक महिना एक जना ग्राहकले गोला प्रथामार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने छन् ।

त्यसैगरी अर्को चर्चित टु ह्विलर ब्रान्ड यामाहाले ‘रेस फर दि एस’ स्लोगन सहित फेस्टिवल अफर सार्बजनिक गरेको छ । सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउनेछन् । फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

यी तीन कम्पनीले सार्वजनिक गरेको स्किम तथा उपहार योजनालाई अध्यान गर्दा यसपाली टीभीएसको स्किमले धेरै उपभोक्तालाई लोभ्याउने देखिन्छ । स्किमलाई नै आधार मानेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने हो भने टीभीएस खरिद गर्नु उपभोक्ताका लागि फाइदाजनक हुने देखिन्छ ।

मोटरसाइकल खरिद गर्नुअघि देखि नै उपहार योजनामा सहभागी हुन पाइने र सहभागी भए पश्चात पनि भिन्न ५ चरणमा मोबाइल, सत् प्रतिशतसम्म क्यास ब्याक, मोटरसाइकल र बम्परमा ३८ लाख मूल्य बराबरको गाडी उपहार पाउन सकिने व्यवस्था टीभीएसले मिलाएको छ । जबकी बजाजले बम्परमा १० लाख रुपैयाँ र यामाहाले पनि सोही रकम बराबरको १२ तोला सुन उपहार राखेको छ ।

सम्बन्धित समाचारहरू

भ्वाइस असिस्ट फिचर्स भएको पहिलो स्कुटर, टिभिएस एनटर्क रेस एक्सपी

भ्वाइस असिस्ट फिचर्स भएको पहिलो स्कुटर, टिभिएस एनटर्क रेस एक्सपी

टिभिएस मोटर्सले स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट फिचर्स सामेल...

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

यामाहालाई धेरैले स्पोर्ट्स बाइक ब्रान्डको पर्यायबाचीको रुपमा लिन्छन् ।...

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...