बनेको मितिलाई आधार मानेर यसरी गर्छ बैंकले सेकेन्ड ह्यान्ड गाडीमा लगानी

नेपालका प्राय बैंक तथा बित्तिय संस्थाले सकेन्ड ह्यान्ड गाडीमा लगानी गर्न खासै रुचाउने गरेको पाइदैन । यस्ता गाडीमा जोखिम बढी हुने भन्दै लगानी गर्न नरुचाउने गरेको पाइएपनि केही बैंकले भने जोखिमलाई आंकलन गरेर ढुक्क भएपछि मात्र लगानी गर्ने गरेको पाइन्छ ।

सेकेन्ड ह्यान्ड गाडीमा लगानी गर्नुपूर्ब बैंकले गाडीको कन्डिसन, उत्पादन मिति र ग्राहकको आयस्रोतलाई अध्यान गर्छन् । गाडीको उत्पादन भएको मितीबाट बढीमा ७ बर्षसम्मको अबधीलाई आधार मानेर मात्र उनीहरुले लोनको प्रक्रिया अघि बढाउने गरेको याला ड्रिम मोटर्सका रिबन्द्र श्रेष्ठ बताउँछन् । जसअनुसार हाल २०१५ भन्दा तलको मोडलमा बैंकले लोन नदिने उनले बताए ।

कुनै ग्राहकले २०१८ मोडलको गाडी खरिद गर्न चाहेमा उसले २०२५ भित्र सबै लोन चुक्ता गरिसक्नु पर्ने हुन्छ । यस आधारमा उसले जम्मा ३ बर्षको लागी मात्र लोनको सुबिधा पाउँछ । डाउनपेमेन्टको ब्यवस्था भने यस्ता गाडीमा समेत नयाँ गाडीकै सरह ब्याक्तीको हकमा ५० प्रतिशत र कम्पनीको हकमा ६० देखी ७० प्रतिशतसम्म तोकिएको छ ।

यस्ता गाडीमा लाग्ने ब्याजदर समेत नयाँको तुलनामा ३ प्रतिशतसम्मले बढी रहने श्रेष्ठ बताउँछन् । जसका आधारमा अहिले बैंकहरुले नयाँ गाडीमा १२ प्रतिशतसम्मको ब्याज लिँदै आएकोमा पुराना गाडीमा यो दर १५ प्रतिशत पुग्ने देखिन्छ । यसमा १ प्रतिशत सेवा शुल्क र गाडीको मूल्य अनुसार फुल इन्सुरेन्स गराउनुपर्छ । यदि कुनै ग्राहकले २० लाख रुपैयाँसम्मको गाडी खरिद गर्न चाहेमा इन्सुरेन्सका लागि ३० देखी ३२ हजार रुपैयाँ जोहो गर्नुपर्नेछ ।

हाल बैंक तथा बित्तिय संस्थामा तरलता अभाव चर्किदै गएका कारण बैंकहरुले पुराना गाडीमा लगानी गर्ने काम ठप्प पारेको र परिणाम स्वरुप गाडीको कारोबार ७५ प्रतिशतसम्मले कम भएको उनले बताए ।

सम्बन्धित समाचारहरू

९ महिनामा अटो लोनको ब्याजदरमा व्यापक कमी, यस्तो छ नविल र वाणिज्य बैंकको दर

९ महिनामा अटो लोनको ब्याजदरमा व्यापक कमी, यस्तो छ नविल र वाणिज्य बैंकको दर

महिनाको अन्त्यतिर बैंकहरुले अर्को महिनाका लागि अन्यका साथै अटो लोनका लागि...

इलेक्ट्रिक सवारी किन्न बैंकहरु दिदै छन् थोरै ब्याजदरमा अटो लोन

इलेक्ट्रिक सवारी किन्न बैंकहरु दिदै छन् थोरै ब्याजदरमा अटो लोन

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक तथा स्कुटर र कारहरुको आयात बढ्दै...

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...