बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक इन्टरनेश्नल मोटर शो’ भब्य रुपमा सम्पन्न भएको छ । मार्च २७ देखी अप्रिल ७ सम्म आयोजना गरिएको उक्त शोमा विश्वका तीन दर्जन बढी कार ब्रान्डले सहभागीता जनाएका थिए ।

‘राइट ह्यान्ड ड्राइभ मार्केट’ का लागि चिनियाँ अटो उत्पादकको प्रोडक्सन हव बन्दै गएको थाइल्यान्डमा यसपटक चिनियाँ अटो ब्रान्डको वर्चश्व रहेको थियो । मोटर शोमा चिनियाँ ब्रान्ड बीवाईडी, एमजी, चांगन, एवोन, ग्रेटवाल मोटर्स, नेटा, जिकर र एक्सपेङले न्यू इनर्जी भेइकललाई प्रदर्शनीमा राखेका थिए ।

१२ दिनसम्म चलेको मोटर शोमा कुल ५८ हजार ६११ कार बुकिङ भएको जनाइएको छ । जसमध्ये ईभीको हिस्सा ३२.७८ प्रतिशत रह्यो । सबैभन्दा बढीे टोयोटाले ८ हजार ५४० यूनिट कार बुकिङ पाएको उक्त मोटर शोमा ५ हजार ३४५ युनिटसहित बीवाईडी दोस्रो, ४ हजार ६०७ युनिटसहित होन्डा तेस्रो र ३ हजार ५१८ युनिटसहित एमजी चौथो धेरै बुकिङ पाउने ब्रान्ड बने ।

टोयोटा र होन्डाले पाएको बुकिङको ठूलो हिस्सा आइसिई कार भएकाले ईभीमा बीवाईडीपछि दोस्रो धेरै बुकिङ एमजीले पाएको हो ।

यसैगरी, पाँचौ धेरै बुकिङ पाउने ब्रान्डमा मित्सुबिसी रह्यो भने चांगन, एवोन, ग्रेटवाल मोटर्स, इसुजु र निसान क्रमशः छैटौ, सातौ, आठौ, नवौ र दशौँ स्थानमा रहे । मेलामा यसपटक अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशत बढि कार बुकिङ भएको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

एमजीले भारतीय बजारमा ल्याउने भनिएको आगामी इलेक्ट्रिक कार इन्डोनेसियामा...

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित

एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित

एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...