टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी
काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा...
काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक इन्टरनेश्नल मोटर शो’ भब्य रुपमा सम्पन्न भएको छ । मार्च २७ देखी अप्रिल ७ सम्म आयोजना गरिएको उक्त शोमा विश्वका तीन दर्जन बढी कार ब्रान्डले सहभागीता जनाएका थिए ।
‘राइट ह्यान्ड ड्राइभ मार्केट’ का लागि चिनियाँ अटो उत्पादकको प्रोडक्सन हव बन्दै गएको थाइल्यान्डमा यसपटक चिनियाँ अटो ब्रान्डको वर्चश्व रहेको थियो । मोटर शोमा चिनियाँ ब्रान्ड बीवाईडी, एमजी, चांगन, एवोन, ग्रेटवाल मोटर्स, नेटा, जिकर र एक्सपेङले न्यू इनर्जी भेइकललाई प्रदर्शनीमा राखेका थिए ।
१२ दिनसम्म चलेको मोटर शोमा कुल ५८ हजार ६११ कार बुकिङ भएको जनाइएको छ । जसमध्ये ईभीको हिस्सा ३२.७८ प्रतिशत रह्यो । सबैभन्दा बढीे टोयोटाले ८ हजार ५४० यूनिट कार बुकिङ पाएको उक्त मोटर शोमा ५ हजार ३४५ युनिटसहित बीवाईडी दोस्रो, ४ हजार ६०७ युनिटसहित होन्डा तेस्रो र ३ हजार ५१८ युनिटसहित एमजी चौथो धेरै बुकिङ पाउने ब्रान्ड बने ।
टोयोटा र होन्डाले पाएको बुकिङको ठूलो हिस्सा आइसिई कार भएकाले ईभीमा बीवाईडीपछि दोस्रो धेरै बुकिङ एमजीले पाएको हो ।
यसैगरी, पाँचौ धेरै बुकिङ पाउने ब्रान्डमा मित्सुबिसी रह्यो भने चांगन, एवोन, ग्रेटवाल मोटर्स, इसुजु र निसान क्रमशः छैटौ, सातौ, आठौ, नवौ र दशौँ स्थानमा रहे । मेलामा यसपटक अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशत बढि कार बुकिङ भएको जनाइएको छ ।
काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा...
एमजी मोटर्सले भारतीय बजारमा नयाँ एसयूभी लन्च गर्ने घोषणा गरेको छ ।...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...