बजाज र ट्रायम्फको सहकार्यमा भोलि सार्वजनिक हुँदै नयाँ बाइक, टिजर सार्वजनिक

ट्रायम्फ मोटरसाइकलले सामाजिक सञ्जालमा ‘मोटरसाइकलमा ऐतिहासिक क्षण’ को प्रतिज्ञा गर्दै नयाँ भिडियो जारी गरेको छ । बजाज अटोको सहकार्यमा विकास गरिएको सो बाइक २७ जुनमा विश्वव्यापी रूपमा सार्वजनिक गर्ने तयारी छ र जुलाई ५ मा भारतमा लन्च हुँदैछ । यो बाइक नेपालमा आउने तत्काल सम्भावना नभए पनि बाइकको वारेमा चासो भने धेरैलाई छ ।

लामो समयदेखि प्रतीक्षित नयाँ ट्रायम्फ रोडस्टर र स्क्रयाम्बलर जस्ता स्टाइलमा आउने सम्भावना छ । सो बाइक ३५० देखि ४०० सीसी इन्जिनमा ल्याउने अपेक्षा गरिएको छ । सो बाइक बेलायतको हिंकलेमा डिजाइन र विकास गरिएको हो ।

सो बाइकमा सिंगल एक्जस्ट, पछाडि बस्नका लागि रियर ग्र्याब ह्यान्डल, सिंगल पिस सिट र बार एन्ड मिरर देख्न सकिन्छ । बाइकमा रेट्रो स्टाइल एलईडी हेडलाइट, सामान्य फ्युल ट्यांकी र खुला फ्रेम डिजाइन रहेको छ ।

नयाँ ट्रायम्फ बजाजको प्लान्टमा उत्पादन गरी विश्वभर निर्यात गरिनेछ । यसको मूल्य २ लाख ५ हजार देखि ३ लाख भारु बीच हुने अनुमान गरिएको छ ।

नयाँ ट्रायम्पले भारतीय बजारमा रोयल इन्फिल्ड स्क्रयाम ४११, येज्दी स्क्रयाम्बलर, जोन्टेस जीके ३५०, नयाँ हार्ले डेभिडसन एक्स४४० र रोयल इन्फिल्ड हन्टर ४५० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

१५० सिसी सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने बजाज पल्सर एन १५० लाई...

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...