द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
भारतमा बजाजको बिक्री उच्च दरले बृद्धि भएको छ । पल्सर सिरिजको बिक्रीमा उछाल आएपछि बजाजको बिक्री गत वर्षको फेब्रुअरी महिनाको तुलनामा यस वर्ष ४२ प्रतिशतले बृद्धि भएको हो । निर्यातमा समेत अघिल्लो वर्षको सोही महिनाभन्दा ८ प्रतिशतले बृद्धि भएको छ ।
फेब्रुअरी महिनामा बाजजले भारतमा १ लाख ७० हजार ५२७ यूनिट मोटरसाइकल बिक्री गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो वर्षको सोही महिनामा बिक्री भएको १ लाख २० हजार ३३५ युनिटको तुलनामा ४२ प्रतिशले बढी हो ।
साथै अघिल्लो वर्षको सोही महिनामा १ लाख १५ हजार मोटरसाइकल निर्यात गरेकोमा गत महिना १ लाख २४ हजार १५७ यूनिट पुर्याउँदै ८ प्रतिशतले निर्यात बढाएको छ । देशको ग्रामिण भागमा पल्सर बाइकको माग बढेसंगै बिक्री पनि बढेको कम्पनीको भनाई छ ।
भारतमा उच्च दरको बृद्धि हाँसिल गरेपनि बिगत २ बर्षयता नेपाली बजारमा भने बजाज लगायत समग्र टु–ह्विलरको बिक्रीमा कमी आइरहेको छ । आर्थिक मन्दिका कारण बजार ७० प्रतिशतसम्म कम भएपछि बजाजको बिक्री पनि प्रभावित बनेको हो ।
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्वदेशमै प्लान्ट स्थापना गरी बिभिन्न मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...
बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...