पी-१५० को इन्जिन लागेर आउँदै पल्सर एन-१५०
बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र...
उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०एफ ग्राहकको अत्यधिक मागका कारण फेरि बजारमा उपलब्ध हुने भएको छ । बजाजले भारतका केही डिलरहरुमा सो बाइक उपलब्ध गराउन थालेको चर्चा चलेको छ । यसबाट पल्सर २२०एफ रुचाउने राइडरहरु धेरै खुसी भएका छन् ।
ग्राहकको अत्यधिक मागका कारण कम्पनीले सो बाइक फेरि लन्च गर्न लागेको हो । आगामी केही सातामै यसको डेलिभरी समेत हुने बताइएको छ । सो बाइकको मूल्य पनि करिव १ लाख ३५ हजार भारु नै हुनेछ, जुन पहिलेकै मूल्य बराबर हो । यद्यपि कम्पनीले आधिकारिक रुपमा यो बाइक र मूल्यको बारेमा केही बताएको छैन ।
बजाजले पल्सर एन२५० र एफ२५० बजारमा ल्याए पछि २२०एफ बन्द गरेको थियो । यो बाइक बजाजको सबैभन्दा धेरै बिक्री हुने बाइक थियो । बन्द भए पनि यसका फ्यानहरु धेरै नै थिए । यसका कारण यसलाई फेरि बजारमा ल्याउने माग भइरहेको थियो ।
बजाज पल्सर २२०एफमा २२० सीसीको फ्युल इन्जेक्टेड सिंगल सिलिन्डर डीटीएसआई इन्जिन छ, जसले २०.९ बीएचपी पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसममा ६–स्पिड गियरबक्स छ ।
बजाज पल्सर २२०एफ कम्फर्ट र राइड पर्फमेन्स दुवैका लागि शानदार बाइक हो । सो बाइक पहिलो पटक सन् २००९ मा लन्च गरिएको थियो । यस पछि यसको इन्जिन, डिजाइन र पर्फमेन्समा कुनै परिवर्तन गरिएको छैन ।
नेपाली बजारमा हाल एबीएस सहितको पल्सर २२०एफ उपलब्ध छ । यसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।
बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र...
बजाजका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये केही मोडल ३ लाख...
बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...