ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर बजाज पल्सर मोटरसाइकल हुने भएको छ ।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिगको नाममा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । १४ दिने सो प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स, काठमाडौं किङ्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

यो प्रतियोगिता निकै नै आकर्षक हुने अनुमान गरिएको छ । बजाज एभरेष्ट प्रिमियर लिग २०२१ का स्टार खेलाडीहरुमा पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक तथा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेट आदि हुनेछन् ।

सो अवसरमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बजाज पल्सरलाई धेरै युवाहरुले मन पराएका र युवाहरुको रुचिलाई ध्यानमा राखी खेलकुदमा समेत साथ दिएको बताए । यसबाट धेरै गुणस्तरीय खेलाडीहरुको पहिचान हुने र भविष्यमा राष्ट्रिय खेलाडीको आधार तयार पार्न सहयोग पुग्ने अपेक्षा गरे ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले ईपीएलले स्थापना कालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ध्यान जुटाउन सफल भएको बताउदै उत्कृष्टताको एक उदाहरणको रुपमा रहेको बजाज ब्रान्डसँग भएको सहकार्यले सबै सरोकारवालाहरुको लागि सफलता र खुसीको धेरै पलहरु ल्याउने विश्वास व्यक्त गरे ।

नेपालमा गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज ब्रान्डका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । बजाज पल्सर सिरिजका मोटरसाइकल नेपाली युवा राइडरहरुका बीच लोकप्रिय छन् ।

सम्बन्धित समाचारहरू

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं – बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि...

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...