भारतीय बजारमा चाँडै नै लन्च हुँदै नयाँ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले आफ्नो चर्चित स्पोर्ट्स बाइक सिरिज अन्तर्गतको नयाँ पल्सर एनएस४००जेड चाँडै नै भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले हालै सामाजिक सञ्जालमार्फत यसको टिजर भिडियो सार्वजनिक गर्दै बाइक प्रेमीमा उत्सुकता बढाएको हो ।

नयाँ एनएस४००जेडमा समावेश ३७३ सीसी लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन पहिलेभन्दा अझ शक्तिशाली बन्नेछ। अघिल्लो मोडलले ४० पीएस पावर उत्पादन गर्ने क्षमता राख्थ्यो भने अब नयाँ मोडेलले ४३ पीएस पावर दिनेछ। साथै टर्कमा पनि सुधार हुने अपेक्षा गरिएको छ। २०२४ को मोडलले ३५ एनएम टर्क दिन्थ्यो।

नयाँ पल्सरमा अब क्विकसिफ्टर सुविधा उपलब्ध हुनेछ, जसले गियर परिवर्तन गर्दा क्लच र थ्रोटल प्रयोग गर्नुपर्ने झन्झट हटाउनेछ। यसले गियर ट्रान्जिसनलाई सहज र अवरोधरहित बनाउनेछ, जसले विशेषगरी स्पोर्टी राइडका लागि थप लाभदायक हुने विश्वास गरिन्छ।

पल्सर एनएस४००जेडमा यसपटक एपोलो अल्फा एच१ टायर जडान गरिनेछ, जुन अहिले प्रयोगमा रहेको एमआरएफ टायरभन्दा प्रदर्शनमा उत्कृष्ट मानिन्छ। साथै, सिन्टर्ड ब्रेक प्याड सहितको नयाँ ब्रेकिङ सिस्टमले अघिल्लो अर्गानिक प्याडको तुलनामा बढी नियन्त्रण दिनेछ।

बजाजको सो बाइक ४० पीएसभन्दा बढी पावर उत्पादन गर्ने सेग्मेन्टमा भारतको सबैभन्दा सस्तो मोटरसाइकल बन्नेछ। कम्पनीले यसको मूल्यमा करिब १० हजार भारु बढाउने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...