बजाज खुशीको तीन डोजको विजेता घोषणा, गुप्ताले पाए १० लाख नगद
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ खुल्ने भएको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले विभिन्न शोरुमहरुमार्फत यसको बुकिङ खुल्ने बताएको छ ।
कम्पनीले विभिन्न सामाजिक सञ्जालमार्फत समेत यसको जानकारी दिएको छ । केही समय पश्चात यी बाइक बिक्रीका लागि उपलब्ध हुने र हाल बुकिङ खुल्ने क्रममा रहेको बताइएको छ ।
अन्य धेरै फिचर पहिलेको मोडलसँग मिल्ने भए पनि यी नयाँ बाइकमा भएको मुख्य परिवर्तन फ्रन्टमा ३३ एमएमको नयाँ अपसाइड डाउन फोर्क हो । आल्मुनियमबाट बनेकोले यसले तौल घटाउनमा समेत सहयोग गर्छ ।
अलोय ह्विल पनि पहिले भन्दा हलुका छ भने फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक छ । पहिले बाइब्री क्यालिपर भएकोमा अहिले ग्रिमेकाको प्रयोग भएको छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ ।
इन्स्ट्रयुमेन्ट क्लस्टर उस्तै भए पनि यसमा अब गियर पोजिसन इन्डिकेटर, फ्युल इफिसियन्सी, डिस्टेन्स टु इम्पटी अदि फिचर देखाउने सुविधा छ ।
बजाज पल्सर एनएस २०० बीएस६ को मूल्य ४ लाख २४ हजार ९ सय र एनएस १६० बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड...
बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक...
हालै पल्सर २५० बाइकको सेमी फेयर्ड सिबलिङ परीक्षणको समयमा देखिएको तस्बिर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...