यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस लाइन अपको नयाँ इन्ट्रि लेवलको मोडल बनेको छ । सो बाइकले होन्डा साइन एसपी १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

पल्सर एनएस १२५ को यूएसपी एनएस १६० र एनएस २०० बाट प्रभावित भएको देख्न सकिन्छ । नयाँ पल्सरमा सार्प स्टाइलिङ इलिमेन्ट रहेको छ । सो बाइकमा फ्रन्ट ट्विन पोजिसन ल्याम्पको साथमा सिंगल पोड हेलोजन हेडलाइट, मस्क्युलर फ्युल ट्यांक, इन्जिन काउल, स्प्लिट सिट, स्पोर्टी पिलियन ग्रयाबरेल, अन्डरबेली एक्जस्ट, स्प्लिट स्टाइल अलोय ह्वील र ट्वीन स्ट्रिप एलईडी टेलल्याम्प रहेको छ ।

सो बाइक ४ रङमा उपलब्ध रहेको छ । जसमा ब्लु, फ्युरी ओरेन्ज, बर्नट रेड र पल्सर ग्रे समावेश रहेको छ । सो सबै बाइकमा अलोय ह्वीललाई मिल्ने रिम स्ट्रिम उपलब्ध रहेको छ ।

सो बाइकमा पावर दिनको लागि १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन समावेश गरिएको छ । जसले ८५०० आरपीएममा १२ पीएस र ७००० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड ट्रान्समिसनको साथमा जोडिएको छ ।

पल्सर एनएस १२५ को रियरमा प्रिलोड एडजस्टेबल मोनोसक र फ्रन्टमा टेलिस्कोपिक फोर्क समावेश गरिएको छ । ब्रेकिङको लागि फ्रन्टमा सिंगल २४० एमएमको डिस्क ब्रेक र सीबीएस प्रविधिको साथमा रियरमा १३० एमएम ड्रम ब्रेक उपलब्ध रहेको छ । सो बाइक १४४ किलोग्रामको रहेको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १७९ एमएम, ८०५ एमएमको सिट उचाई र १३५३ एमएम लम्बाईको ह्वीलबेस रहेको छ । सो बाइकमा १२ लिटरको फ्युल ट्यांक रहेको छ ।

बजाज पल्स्र एनएस १२५ सिंगल एडिसनमा प्रस्तुत गरिएको छ । जसको मूल्य ९३ हजार ६९० भारु रहेको छ । सो बाइकको मूल्य एनएस १६० को भन्दा १६ हजार भारु कम रहेको छ । जबकि बजाज पल्सर १२५ को तुलनामा २० हजार भारु महँगो रहेको छ ।

सम्बन्धित समाचारहरू

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...