यस्तो छ नयाँ बजाज पल्सर एनएस १२५ मा भएका प्रमुख ५ परिवर्तन

बजाज अटोले हालै बजाज पल्सर एनएस १२५ बाइक लन्च गरेको छ । सो बाइक पल्सर एनएस लाइन अपको नयाँ इन्ट्रि लेवलको मोडल बनेको छ । सो बाइकले होन्डा साइन एसपी १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

पल्सर एनएस १२५ को यूएसपी एनएस १६० र एनएस २०० बाट प्रभावित भएको देख्न सकिन्छ । नयाँ पल्सरमा सार्प स्टाइलिङ इलिमेन्ट रहेको छ । सो बाइकमा फ्रन्ट ट्विन पोजिसन ल्याम्पको साथमा सिंगल पोड हेलोजन हेडलाइट, मस्क्युलर फ्युल ट्यांक, इन्जिन काउल, स्प्लिट सिट, स्पोर्टी पिलियन ग्रयाबरेल, अन्डरबेली एक्जस्ट, स्प्लिट स्टाइल अलोय ह्वील र ट्वीन स्ट्रिप एलईडी टेलल्याम्प रहेको छ ।

सो बाइक ४ रङमा उपलब्ध रहेको छ । जसमा ब्लु, फ्युरी ओरेन्ज, बर्नट रेड र पल्सर ग्रे समावेश रहेको छ । सो सबै बाइकमा अलोय ह्वीललाई मिल्ने रिम स्ट्रिम उपलब्ध रहेको छ ।

सो बाइकमा पावर दिनको लागि १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन समावेश गरिएको छ । जसले ८५०० आरपीएममा १२ पीएस र ७००० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड ट्रान्समिसनको साथमा जोडिएको छ ।

पल्सर एनएस १२५ को रियरमा प्रिलोड एडजस्टेबल मोनोसक र फ्रन्टमा टेलिस्कोपिक फोर्क समावेश गरिएको छ । ब्रेकिङको लागि फ्रन्टमा सिंगल २४० एमएमको डिस्क ब्रेक र सीबीएस प्रविधिको साथमा रियरमा १३० एमएम ड्रम ब्रेक उपलब्ध रहेको छ । सो बाइक १४४ किलोग्रामको रहेको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १७९ एमएम, ८०५ एमएमको सिट उचाई र १३५३ एमएम लम्बाईको ह्वीलबेस रहेको छ । सो बाइकमा १२ लिटरको फ्युल ट्यांक रहेको छ ।

बजाज पल्स्र एनएस १२५ सिंगल एडिसनमा प्रस्तुत गरिएको छ । जसको मूल्य ९३ हजार ६९० भारु रहेको छ । सो बाइकको मूल्य एनएस १६० को भन्दा १६ हजार भारु कम रहेको छ । जबकि बजाज पल्सर १२५ को तुलनामा २० हजार भारु महँगो रहेको छ ।

सम्बन्धित समाचारहरू

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै...

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा...

चर्चामा बजाज पल्सर २५०एफ, यस्तो हुनेछ विशेषता

चर्चामा बजाज पल्सर २५०एफ, यस्तो हुनेछ विशेषता

बजाजले पल्सर सिरिजमा नयाँ सेगमेन्टको बाइक २५०एफ बजारमा ल्याउने चर्चाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...