चर्चामा बजाज पल्सर २५०एफ, यस्तो हुनेछ विशेषता

बजाजले पल्सर सिरिजमा नयाँ सेगमेन्टको बाइक २५०एफ बजारमा ल्याउने चर्चाले बजार तताएको छ । धेरै पटक यो मोटरसाइकल परीक्षणको समयमा देखिइसकेको छ । छिट्टै नै यो बाइकको विशेषता र मूल्य सार्वजनिक हुने अनुमान गरिएको छ ।

डिजाइन
परीक्षणको समयमा देखिए अनुसार यो बाइक सेमी फेयर्ड डिजाइनमा उपलब्ध हुनेछ । बाइकमा हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर र डीआरएल अदि सबै एलईडीमा उपलब्ध हुनेछन् । यसको फ्रन्ट र रियर डिजाइन सार्प र एरोडाइनामिक छ । यसको अघिल्लो भागमा ठूलो विन्डस्क्रिनका साथ नयाँ रियरभ्यु मिरर उपलब्ध छ ।

राम्रो सन्तुलन र रोड ग्रिपका लागि फराकिलो टायर प्रयोग गरिएको छ । स्पोर्टी रुपमा निखार ल्याउनका लागि सार्प बडी प्यानल दिइएको छ । यसमा भएको अपराइट सिटिङका कारण बस्न आरामदायक छ । स्प्लिट सिट भएको यो बाइकले मोडर्न र प्रिमियम अनुभव दिन्छ ।

इन्जिन
यसमा २५० सीसी, सिंगल सिलिन्डर, आयलकुल्ड इन्जिन हुने सम्भावना छ, जुन हाल उपलब्ध २२०एफको इन्जिन भन्दा पावरफुल र रिफाइन हुनेछ । यसमा भेरिएबल भल्व एक्चुएसन (भीभीए) प्रविधिको प्रयोग हुने र यसले धेरै आरपीएममा अझै राम्रो पर्फमेन्स दिन सहयोग गर्नेछ । यो प्रविधिको प्रयोग यामाहाले आफ्नो स्पोर्ट्स बाइक वाईजीएफ–आर१५ मा गरिरहेको छ । यद्यपि इन्जिनको वारेमा धेरै जानकारी सार्वजनिक भएको छैन ।

लन्चिङ र मूल्य
यो बाइक आगामी सेप्टेम्बर सम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । भारतीय बजारमा यसको मूल्य १ लाख ४० हजार भारुको आसपास हुन सक्नेछ ।

बजारमा यसले यामाहा एफजी २५ र सुजुकी जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर : प्रतीकात्मक मात्र ।

सम्बन्धित समाचारहरू

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं – बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि...

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...