ड्युअल कलरमा पल्सर १५० नेपाली बजारमा, मूल्य र फिचर उही

काठमाडौं – नेपाली बजारमा केही समय पहिले देखि उपलब्ध ड्युअल कलरको पल्सर १५० हेर्दा आकर्षक छ । अन्य कलर जस्तै यो कलरको मोटरसाइकलको मूल्य समेत उही छ ।

नेपाली बजारमा पल्सर १५० सिंगल डिस्क र ट्विन डिस्क गरी दुई मोडल उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ७६ हजार ९ सय र २ लाख ९० हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसमा १४९ सीसी, सिंगल सिलिन्डर, ट्विन स्पार्क इन्जिन छ, जसले १४ पीएस पावर र १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । यो मोटरसाइकलमा ३७ एमएम फ्रन्ट फोर्क छ भने स्पोर्टियर अन्डरबेली प्यानल छ । त्यसैगरी स्पोर्टियर स्प्लिट सिट छ ।

पल्सर १५० ट्विन डिस्कमा भएको नाइट्रोक्स सस्पेन्सनले आरामदायी सवारीको सुनिस्चितता गर्छ । त्यसैगरी डीसी इग्निसन तथा लाइटिङ सिष्टमले सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि आवश्यक कार्य गर्छ ।

यसमा भएका फराकिला ट्युबलेस टायरले अझ राम्रो रोड ग्रिप कायम गर्नुका साथै सुरक्षाको लागि समेत सहयोग पु¥याउछन् ।

१५ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकल नेपाली बजारमा धेरैले रुचाउने मोटरसाइकल मध्ये एक हो ।

सम्बन्धित समाचारहरू

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

काठमाडौं – आउँदो बडा दसैं र तिहारको उपलक्ष्यमा बजाजको नेपालका लागि...

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको...

बजाज डोमिनार २५० अब आकर्षक ड्युअल टोन कलरमा

बजाज डोमिनार २५० अब आकर्षक ड्युअल टोन कलरमा

बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित भारतीय बजारमा लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...