रोजाइमा सबैभन्दा कम मूल्यको पल्सर १२५ : शुरुमा १ लाख ३६ हजार बुझाए आफ्नो बनाउन पाइने

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकलमा गनिन्छ पल्सर सिरिज । पल्सर सिरिजको सबैभन्दा शुरुको भर्सन हो पल्सर १२५ । नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर बजाज पल्सर सिरिजका विभिन्न मोटरसाइकल बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा उपलब्ध डिस्क ब्रेक सहितको पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ । हाल देशभरका बजाज सोरुममा बजाजका मोटरसाइकल विभिन्न स्किममा उपलब्ध छन् । फेस्टिभल अफरको रुपमा समेत विभिन्न अफर प्राप्त गर्न सकिन्छ ।

शुरुमा ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा बुझाउन सकिने स्किम हाल धेरै प्रचलित छ । पल्सर १२५ लाई पनि यही स्किम अन्तर्गत आफ्नो बनाउन सकिन्छ । यसका लागि शुरुमा डाउन पेमेन्टको रुपमा १ लाख २२ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ । बाँकी १ लाख २२ हजार ४५० रकम १८ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।

शुरुमा रजिष्ट्रेसन र इन्स्योरेन्स तथा सर्भिस चार्जको रकम समेत बुझाउनु पर्ने हुन्छ । त्यसैगरी पहिलो महिनाको किस्ता समेत शुरुमै बुझाउनु पर्छ । यस अनुसार इन्स्योरेन्स ६ हजार र रजिष्ट्रेसन शुल्क ६५० रुपैयाँ बुझाउनु पर्छ । त्यसैगरी पहिलो एक महिनाको किस्ता ६ हजार ८०३ रुपैयाँ समेत बुझाउनु पर्छ । यी सबै गरी पहिलो महिना १ लाख ३५ हजार ९०३ रुपैयाँ बुझाए पश्चात पल्सर १२५ आफूले चलाउन पाइन्छ ।

यी कागजात आवश्यक
यसरी ५० प्रतिशत रकम तिरेर किस्ता बुझाउनका लागि भने केही कागजात बुझाउनु आवश्यक हुन्छ । कम्पनीका अनुसार बाइक किन्ने ग्राहकले आफ्नो नागरिकता, लाइसेन्स, आयस्रोत, ३ महिना पहिले देखिको बैंक ब्यालेन्स र आफ्नो फोटो बुझाउनु आवश्यक छ । त्यसैगरी साक्षी बस्ने ब्यक्तिको नागरिकता, घरको लालपुर्जाको फोटोकपि, विद्युतको बिल र फोटो समेत बुझाउनु अनिवार्य छ ।

तीन पटक पुरस्कार जित्ने अवसर
बजाज पल्सर १२५ किन्ने निर्णय गरे पश्चात हाल कम्पनीले उपलब्ध गराइरहेको अफर अन्तर्गत धेरै पुरस्कार जित्ने सम्भावना समेत हुन्छ ।

बजाजले हाल ‘बजाज खुसीको ३ डोज’ नामक आफ्नो दशैं अभियान चलाइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखतमा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा १ लाख सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि १० लाख सम्मको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

यस्तो छ पल्सर १२५
आधुनिक स्टाइल र ट्विन स्ट्रिप्ड एलईडी टेललाइट सहितको पल्सर १२५ को ट्यांकमा नियोन हाइलाइट छ । यसमा रहेको १२४.४ सीसीको इन्जिनले ११.८ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ११.५ लिटरको इन्धन ट्यांकी रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । नेपाली बजारमा उपलब्ध यो सबैभन्दा कम मूल्यको पल्सर हो ।

सम्बन्धित समाचारहरू

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज...

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समय नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्रान्ड...

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...