सेग्मेन्टमै पहिलोपटक एविएस सहित आयो बजाज प्लाटिना

बजाजले आफ्नो कम्यूटर वाइक प्लाटिना ११० मा एविएस दिएको छ । भारतीय बजारमा आज लन्च भएको यो मोटरसाइकल एविएस फिचर भएको सेग्मेन्टकै पहिलो मोडल वनेको छ । यसअघि कुनैपनि भारतीय टु ह्विलर उत्पादकले १०० देखी ११० सिसी सेग्मेन्टमा यस्तो फिचर दिएको थिएन ।

एविएससंगै यसमा नयाँ डिजिटल स्पिडोमिटर समेत थप गरिएको छ । जहाँ राइडरले एविएस, गियर पोजिसन र गियर चेन्ज इन्डिकेटरवारे जानकारी पाउनेछन् । यो नयाँ मोडलमा ११५.४५ सिसी क्षमतको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.६ एचपी र टर्क ९.८१ एनएम रहेको छ । वाइकमा ५ स्पिड गियर वक्स उपलब्ध छ ।

बजारमा अव प्लाटिना ड्रम र एविएस दुवै भेरियन्टमा उपलब्ध हुनेछ । जसमध्ये एविएसको मूल्य ३ हजार ६८० रुपैयाँ महंगो पर्ने जनाइएको छ । एविएस भएको मोडलको शोरुम मूल्य ७२ हजार २२४ भारु निर्धारण गरिएको छ ।

भारत सरकारले ल्याएको नयाँ मापदण्ड अनुसार १२५ सिसी माथीको सवै मोडलमा एविएस अनिवार्य गरिएको भएपनि बजाजले सुरक्षामा ध्यान दिँदै प्लाटिनामै एविएस दिएको हो ।

सम्बन्धित समाचारहरू

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

बजाजले पल्सर सिरिजको नयाँ बाइक पल्सर पी१५० भारतमा लन्च गरेको छ । बजाजले यो...

ट्रायम्फले भारतमा बेच्यो १ लाख युनिट मोटरसाइकल, नेपालमा लोकप्रिय बन्दै

ट्रायम्फले भारतमा बेच्यो १ लाख युनिट मोटरसाइकल, नेपालमा लोकप्रिय बन्दै

ट्रायम्फले भारतमा १ लाख युनिट मोटरसाइकल बिक्री गरेर एक प्रमुख माइलस्टोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...