सेग्मेन्टमै पहिलोपटक एविएस सहित आयो बजाज प्लाटिना

बजाजले आफ्नो कम्यूटर वाइक प्लाटिना ११० मा एविएस दिएको छ । भारतीय बजारमा आज लन्च भएको यो मोटरसाइकल एविएस फिचर भएको सेग्मेन्टकै पहिलो मोडल वनेको छ । यसअघि कुनैपनि भारतीय टु ह्विलर उत्पादकले १०० देखी ११० सिसी सेग्मेन्टमा यस्तो फिचर दिएको थिएन ।

एविएससंगै यसमा नयाँ डिजिटल स्पिडोमिटर समेत थप गरिएको छ । जहाँ राइडरले एविएस, गियर पोजिसन र गियर चेन्ज इन्डिकेटरवारे जानकारी पाउनेछन् । यो नयाँ मोडलमा ११५.४५ सिसी क्षमतको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.६ एचपी र टर्क ९.८१ एनएम रहेको छ । वाइकमा ५ स्पिड गियर वक्स उपलब्ध छ ।

बजारमा अव प्लाटिना ड्रम र एविएस दुवै भेरियन्टमा उपलब्ध हुनेछ । जसमध्ये एविएसको मूल्य ३ हजार ६८० रुपैयाँ महंगो पर्ने जनाइएको छ । एविएस भएको मोडलको शोरुम मूल्य ७२ हजार २२४ भारु निर्धारण गरिएको छ ।

भारत सरकारले ल्याएको नयाँ मापदण्ड अनुसार १२५ सिसी माथीको सवै मोडलमा एविएस अनिवार्य गरिएको भएपनि बजाजले सुरक्षामा ध्यान दिँदै प्लाटिनामै एविएस दिएको हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् नेपाली बजारमा उपलब्ध थ्री ह्विलर (मूल्य र इन्जिन क्षमता सहित)

यस्ता छन् नेपाली बजारमा उपलब्ध थ्री ह्विलर (मूल्य र इन्जिन क्षमता सहित)

नेपाली अटो बजारमा अटो रिक्सा समेत भनिने थ्री ह्विलरको माग बढ्न थालेको छ ।...

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै...

पल्सर एन १५० को बिक्री सुरु हुँदै, के–के छन् विशेषता ?

पल्सर एन १५० को बिक्री सुरु हुँदै, के–के छन् विशेषता ?

काठमाडौं– पल्सर सिरिज अन्तर्गतको नयाँ मोडल एन१५० नेपाल आउने भएको छ । बजाज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...