बजाज प्लाटिना ११०अब नयाँ लुक र इन्जिनमा

बजाज प्लाटिना ११० सेगमेन्टको उत्कृष्ट बाइकमध्ये एक हो । यसममा अब थप फिचर राखिएका छन् । लुक, इन्जिन, माइलेज, परफर्मेन्स र नयाँ टेक्नोलोजीले सुसज्जित सो बाइक निकै लोकप्रिय छ । सो बाइक बजाज प्लाटिना ११० एबीएस र बजाज प्लाटिना ११० ड्रम गरी २ भेरिएन्टमा उपलब्ध छ ।

बजाज प्लाटिना ११० एबीएसमा ११५.४५ सीसी र बजाज प्लाटिना ११० ड्रम बाइकमा ११० सीसी, ४–स्ट्रोक, एयर कुल्ड इन्जिन समावेश छ । बाइकमा डीटीएस– आई टेक्नोलोजी जडान गरिएको छ । यसको अगाडि सिंगल च्यानल एबीएस सहितको २४० एमएम डिस्क र पछाडि ११० एमएम ड्रम ब्रेक सीबीएस टेक्नोलोजीले सुसज्जित छ ।

बजाज प्लाटिना ११० हल्का तौलको बाइक हो, जसको तौल ११७ किलोग्राम मात्र छ । यसमा डीआरएल लाइट जडान गरिएको छ, जसले स्पष्ट दृश्यता दिन्छ र रातमा पनि लामो दूरीको यात्रामा कुनै समस्या हुने छैन । बजाज प्लाटिना ११० डिजिटल स्पिडोमिटरले सुसज्जित छ, जसमा गियर इन्डिकेटर, एबीएस इन्डिकेटर र गियर गाइडेन्स चेक गर्न सकिन्छ ।

बाइकको इन्जिनले ८० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्न सक्छ । बाइकमा ५ स्पिड म्यानुअल गियरबक्स र ११ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ । बाइकको सिट हाइट ८०७ एमएम छ ।

सम्बन्धित समाचारहरू

३ लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध छन् बजाजका यी मोटरसाइकल

३ लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध छन् बजाजका यी मोटरसाइकल

बजाजका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये केही मोडल ३ लाख...

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...

बर्दिवासमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, दियो ८९ किमी माइलेज

बर्दिवासमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, दियो ८९ किमी माइलेज

बर्दिवासस्थित बजाजको आधिकारिक बिक्रेता रामजानकी अटोले प्लाटिना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...