नयाँ प्लेटफर्ममा बनेको बजाज पल्सर पी१५० : यस्ता छन् ५ तथ्य
पल्सर सिरिजमा बजाजले हालसालै नयाँ मोडलको मोटरसाइकल लन्च गरेको छ । नयाँ...
काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘खुसीको मिटर’ अफर सार्वजनिक गरेको छ ।
यो अफरअन्तर्गत गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले बताएको छ । खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउँने कम्पनीले बताएको छ । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ । जसअन्तर्गत जो कोही सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सकिने कम्पनीको भनाइ छ ।
उक्त उपहार प्राप्त गर्ने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा खेल्न पाउने छन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।
‘खुसीको मिटर’ प्रचारको लागि अफर मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए। ‘नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभई किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं,’ उनले भने ।
यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।
पल्सर सिरिजमा बजाजले हालसालै नयाँ मोडलको मोटरसाइकल लन्च गरेको छ । नयाँ...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...