पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
लालबन्दी - सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । साउन ९ गतेदेखि १४ गतेसम्म पूर्व जाने बस रोक्ने ठाउँसँगैको जग्गामा हुने मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
लालबन्दीमा दोश्रो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।
पूर्व लाईन बसपार्क सँगैको ठाउँमा आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला बजाजकाे नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज लालबन्दीका सञ्चालक बिप्लव गोलेले जानकारीले दिए ।
यस अगाडी चैत्र महिनामा पनि यहाँ भएको यस्तो खालको एक्सचेन्ज मेला ग्राहकले अत्यधिक रुचाएका थिए, जहाँ २०० भन्दा बढी मोटरसाइकल एक हप्तामा बिक्री भएको थियो !
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर...
बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...