बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ मा सकिँदै

काठमाडौं–बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुने भएको छ ।

एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन् । यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन् ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । अभियानअन्तर्गत हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ ।

अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन् ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ ।

पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित व्यक्तित्वहरूसँगको भेटघाटलाई समेटेको यस अभियानले राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र विभिन्न अवसरको लाभ लिने मञ्च प्रदान गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...