बजाजले पल्सर एन२५० बाइक अपडेट भर्सनमा लन्च गर्ने
बजाज अटोले चाँडै नै नयाँ बाइक लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार बजाजले...
अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । इलेक्ट्रिक बाइकको मागलाई ध्यानमा राख्दै बजाजले इलेक्ट्रिक पोर्टफोलियो विस्तार गर्ने योजना बनाइरहेको छ ।
कम्पनीले हाले बजाज पल्सर र चेतक सहित कैयौ लोकप्र्रिय बाइक बिक्री गरिरहेको छ । हाल कम्पनीले दुई नयाँ नाम फ्लुअर (Fluor) र फ्लुइर (Fluir) रजिस्टर गराएको छ । रिपोर्टका अनुसार यो बजाजको आउन लागेका इलेक्ट्रिक बाइकको नाम हुने सम्भावना रहेको छ ।
बजाजले ट्रेडमार्क गराएका फ्लुइर एक स्पेनिश शब्द हो । जसको अर्थ स्ट्रिम/फ्लो हो । फ्लुअरको अर्थ स्त्राव हो । कम्पनीले परम्परागत आईसी इन्जिन भएका बाइकहरूको लागि त्यस्ता नामहरू प्रयोग गरेको छैन । किनभने कम्पनीसँग पहिले नै पाँचवटा सब–ब्रान्डहरू रहेको छ जसले बाइकहरु बिक्री गर्छ । कम्पनीले गत वर्ष भारतीय बजारमा इलेक्ट्रिक स्कुटर बजाज चेतक लन्च गरेको थियो ।
बजाज अटोले भारतीय बजारमा पल्सर रेन्जको ड्यागर एज एडिसन लन्च गरेको थियो । बजाज पल्सर लाइनअपमा पल्सर १५०, पल्सर १८० र पल्सर २२० एफ जस्ता मोडल समावेश रहेको छ । नयाँ ड्यागर एज एडिसन पल्सर बाइक निकै आकर्षक लुकको साथमा पेश गरिएको छ । कम्पनीले यसमा नयाँ ग्राफिक्स समावेश गरेको छ । साथै नयाँ रङमा उपलब्ध हुनेछ ।
तस्बिर : सन्दर्भको लागि मात्र (पल्सर १५०)
बजाज अटोले चाँडै नै नयाँ बाइक लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार बजाजले...
काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन...
काठमाडौं– बजाज एन २५० को अपडेटेड भर्सन नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...