बजाजका ४०० सीसी र २५० सीसी बाइकमा ५ हजार मात्र फरक : फाइनान्स जात्राले झन सहज
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन सिरिज र डोमिनार विएस६ सिरिजको मूल्य बृद्धि गरेको छ । कम्पनीले एन सिरिजका १६० तथा २५० र डोमिनार २५० तथा ४०० विएस६ मा १० हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको हो ।
सवैभन्दा वढी डोमिनार ४०० विएस६ मा १० हजार र वाँकी तीन मोडलमा ५ हजार रुपैयाँका दरले मूल्य बृद्धि भएको छ । वाँकी मोडलमा भने पुरानै मूल्य कायम गरिएको छ । बजाजले कुल १८ मोडलका मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।
मूल्य बृद्धि भएसंगै यसअघि ३ लाख ७८ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको पल्सर एन १६० को नयाँ मूल्य ३ लाख ८३ हजार ९ सय पुगेको छ भने पल्सर एन २५० को ४ लाख ९४ हजार ९०० कायम गरिएको छ ।
यसैगरी डोमिनार २५० विएस६ को मूल्य ५ लाख ९४ हजार ९०० र डोमिनार ४०० को ६ लाख ५४ हजार ९०० पुगेको छ । यसअघि यी दुई मोटरसाइकलको मूल्य क्रमश ५ लाख ८९ हजार ९०० र ६ लाख ४४ हजार ९०० कायम गरिएको थियो ।
बजाजका सवैजसो मोटरसाइकल नेपालमै एसेम्वल हुँदै आइरहेका छन् । हरेक महिना जसो मूल्य वढाउँदै आएको कम्पनीले एक महिना अघिमात्र १४ मोडलको मूल्य बृद्धि गरेको थियो ।
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं– बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...