भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ । अब यसको मूल्य १ लाख ५४ हजार भारु पुगेको छ । यो बजाज डोमिनार २५० को हाल सम्मको सबैभन्दा कम मूल्य हो ।

भारतमा सबैभन्दा पहिले बजाज डोमिनार २५० लन्च हुँदा यसको मूल्य १ लाख ६० हजार भारु थियो । बजाजले यसरी मूल्य घटाउदा कुनै फिचर वा स्पेसिफिकेसनमा परिवर्तन समेत नगरेको बताएको छ ।

बजाजले आधिकारिक रुपमा यसको जानकारी दिदै यसको कारण समेत खुलाएको छ, तर स्पष्ट भने गरेको छैन । बजाज इन्डियाले युवा पुस्तालाई बाइकिङ टुरिङको वास्तविक अनुभव गराउनका लागि कम्पनीले यसरी मूल्य घटाएको बताएको छ । भारतमा टुरिङ मोटरसाइकल सेगमेन्टलाई अझै फैलाउने बजाजले बताएको छ ।

यो भन्दा पहिले भारतमा यामाहा एफजेड २५ र एफजेडएस २५ को मूल्यमा पनि व्यापक कटौती गरिएको छ । यामाहाले गत जुन १ देखि लागू हुने गरी एफजेड २५ को मूल्यमा १८ हजार ८ सय र एफजेडएस २५ को मूल्यमा १४ हजार ३ सय भारुको दरले घटाएको थियो । अब यामाहा एफजेड २५ को मूल्य १ लाख ३४ हजार ८ सय र एफजेडएस २५ को मूल्य १ लाख ३९ हजार ३ सय भारु छ ।

नेपाली बजारमा हाल बजाज डोमिनार २५० को मूल्य ५ लाख ७ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा शुरुमा गत २०७७ पुसको अन्त्यतिर भित्रिएको बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । करिब ६ महिनाकै अवधिमा यसको मूल्य १८ हजार रुपैयाँले बढेको छ ।

बजाजले नेपाली बजारमा बाइकको मूल्य लगातार रुपमा वृद्धि गर्दै आएको छ । केही दिन पहिले मात्र धेरै मोडलको मूल्य बढाएको थियो । बजाजका बाइक नेपालमै एसेम्बल हुने भए तापनि पार्ट्स उतैबाट ल्याउनु पर्ने भएकाले भारतमा भएको मूल्य घटबढले नेपाली बजारमा समेत असर पुग्छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले भारतमा मूल्य बढ्दा नेपालमा समेत बढेको बताउँदै आएको छ । अब बजाज डोमिनारको मूल्य भारतीय बजारमा घट्दा के नेपालमा पनि यसको मूल्य घट्ला ? त्यो भने समयले नै बताउने छ ।

यस्तो छ बजाज डोमिनार २५०

बजाज डोमिनार २५० मा मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । बाइकमा एकल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ ।

डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ । बाइकमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ ।

सम्बन्धित समाचारहरू

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको...

बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज...

बजाजकाे प्लाटिना बाइकबाट जग्गननाथले गरे साढे ४ लाख किलोमिटर यात्रा, टेकु शाेरूममा गरियाे स्वागत

बजाजकाे प्लाटिना बाइकबाट जग्गननाथले गरे साढे ४ लाख किलोमिटर यात्रा, टेकु शाेरूममा गरियाे स्वागत

काठमाडौँ – भारतीय नागरिक जग्गननाथ सिन्धेले बजाजको प्लाटिना बाइकबाट साढे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...