भारतमा बजाज डोमिनार २५० को मूल्यमा भारी गिरावट, नेपालमा पनि घट्ने अपेक्षा

भारतीय बजारमा बजाज डोमिनार २५० को मूल्य एकै पटक १६ हजार ८ सय भारुले घटेको छ । अब यसको मूल्य १ लाख ५४ हजार भारु पुगेको छ । यो बजाज डोमिनार २५० को हाल सम्मको सबैभन्दा कम मूल्य हो ।

भारतमा सबैभन्दा पहिले बजाज डोमिनार २५० लन्च हुँदा यसको मूल्य १ लाख ६० हजार भारु थियो । बजाजले यसरी मूल्य घटाउदा कुनै फिचर वा स्पेसिफिकेसनमा परिवर्तन समेत नगरेको बताएको छ ।

बजाजले आधिकारिक रुपमा यसको जानकारी दिदै यसको कारण समेत खुलाएको छ, तर स्पष्ट भने गरेको छैन । बजाज इन्डियाले युवा पुस्तालाई बाइकिङ टुरिङको वास्तविक अनुभव गराउनका लागि कम्पनीले यसरी मूल्य घटाएको बताएको छ । भारतमा टुरिङ मोटरसाइकल सेगमेन्टलाई अझै फैलाउने बजाजले बताएको छ ।

यो भन्दा पहिले भारतमा यामाहा एफजेड २५ र एफजेडएस २५ को मूल्यमा पनि व्यापक कटौती गरिएको छ । यामाहाले गत जुन १ देखि लागू हुने गरी एफजेड २५ को मूल्यमा १८ हजार ८ सय र एफजेडएस २५ को मूल्यमा १४ हजार ३ सय भारुको दरले घटाएको थियो । अब यामाहा एफजेड २५ को मूल्य १ लाख ३४ हजार ८ सय र एफजेडएस २५ को मूल्य १ लाख ३९ हजार ३ सय भारु छ ।

नेपाली बजारमा हाल बजाज डोमिनार २५० को मूल्य ५ लाख ७ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा शुरुमा गत २०७७ पुसको अन्त्यतिर भित्रिएको बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । करिब ६ महिनाकै अवधिमा यसको मूल्य १८ हजार रुपैयाँले बढेको छ ।

बजाजले नेपाली बजारमा बाइकको मूल्य लगातार रुपमा वृद्धि गर्दै आएको छ । केही दिन पहिले मात्र धेरै मोडलको मूल्य बढाएको थियो । बजाजका बाइक नेपालमै एसेम्बल हुने भए तापनि पार्ट्स उतैबाट ल्याउनु पर्ने भएकाले भारतमा भएको मूल्य घटबढले नेपाली बजारमा समेत असर पुग्छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले भारतमा मूल्य बढ्दा नेपालमा समेत बढेको बताउँदै आएको छ । अब बजाज डोमिनारको मूल्य भारतीय बजारमा घट्दा के नेपालमा पनि यसको मूल्य घट्ला ? त्यो भने समयले नै बताउने छ ।

यस्तो छ बजाज डोमिनार २५०

बजाज डोमिनार २५० मा मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । बाइकमा एकल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ ।

डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ । बाइकमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ ।

सम्बन्धित समाचारहरू

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

काठमाडौं–टोखास्थित स्केटर्स नेपालमा आयोजना भएको ‘पल्सर आरपीएम टेकओभर’...

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने...

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...