बजाजका ४०० सीसी र २५० सीसी बाइकमा ५ हजार मात्र फरक : फाइनान्स जात्राले झन सहज

काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४०० र डोमिनार २५० को मूल्य लगभग उही छ । पहिले मूल्य फरक भए पनि केही दिन पहिले सार्वजनिक बजेटले ४०० सीसीको मोटरसाइकललाई बढी छुट प्रदान गरिएको र मूल्य समायोजन गर्दा यस्तो मूल्य हुन गएको हो ।

बजाज डोमिनार ४०० को मूल्य ५ लाख ९९ हजार ९ सय र डोमिनार २५० को मूल्य ५ लाख ९४ हजार ९ सय रुपैयाँ छ । यसकारण हाल यी दुई मोटरसाइकलको मूल्यमा ५ हजार रुपैयाँ मात्र फरक छ । यसकारण डोमिनार ४०० मन पराउनको लागि हाल निकै नै सहज भएको छ ।

यो भन्दा पहिले डोमिनार ४०० को मूल्य ६ लाख ५९ हजार ९ सय रुपैयाँ थियो । केही दिन पहिले मात्र यसको मूल्यमा एकै पटक ६० हजार रुपैयाँले कमी आएको हो ।

हाल बजाजले काठमाडौं उपत्यकामा फाइनान्स जात्रा नामक स्किम सञ्चालन गरिरहेको छ । यस अनुसार शून्य प्रतिशत ब्याजदरमा आफूले चाहेको मोडल लिन सकिन्छ ।

यो अवस्थामा डोमिनार ४०० चाहिं मासिक किस्ता १६ हजार ६६४ र डोमिनार २५० चाहिं मासिक किस्ता १६ हजार ६२५ को दरले तिर्ने गरी लिन सकिन्छ ।

यस्ता छन् दुई मोटरसाइकल
बजाज डोमिनारलाई कम्पनीले डोमिनार ४०० कै अवधारणामा निर्माण गरेको हो । बजाज डोमिनार ४०० र २५० मा धेरै समानता रहेको छ । झट्ट हेर्दा दुबै मोटरसाइकल समान देखिन्छ । तर, यी दुई मोटरसाइकलमा मेकानिकल परिवर्तन धेरै रहेको छ ।

डोमिनार ४०० मा ३७३ सीसीको इन्जिन छ भने, डोमिनर २५० मा २४८ सीसी इन्जिन रहेको छ । दुवै मोटरसाइकलमा ६ स्पिड गियर र स्लिपर क्लच रहेको छ ।

दुबै मोटरसाइकलको डाइमेन्सन समान रहेको छ । यी बाइकको तौल १८२ केजी, लम्वाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम, ह्विलबेस १४५३ र ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ ।

यी दुबै मोटरसाइकलमा १७ इन्च अलोय ह्विल रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यी दुबै मोटरसाइकलमा एलईडी हेडल्याम्प तथा टेलल्याम्प रहेको छ । कम्पनीले डोमिनार ४०० को कन्सोललाई नै २५० मा प्रयोग गरेको छ । फ्युल ट्यांकमा सानो डिस्प्ले छ र ओडोमिटर टाइम र गियर इन्डिकेटर रहेको छ ।

यी दुबै मोटरसाइकलमा सानो विन्डस्क्रिन, मस्कुलर फ्युल ट्यांक, इन्जिन कौल, सिग्नेचर एलईडी हेडल्याम्प, ट्विन ब्यारेल एक्जस्ट। अलोय ह्विल, स्प्लिट सिट जस्ता मुख्य फिचर रहेका छन् ।

सम्बन्धित समाचारहरू

यस्ता छन् हालै लन्च भएको बजाज पल्सर एन १२५ मा भएका आकर्षक फिचर

यस्ता छन् हालै लन्च भएको बजाज पल्सर एन १२५ मा भएका आकर्षक फिचर

बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो...

बजेट प्रभाव : बजाज डोमिनार ४०० को मूल्य घट्यो एकै पटक ६० हजार

बजेट प्रभाव : बजाज डोमिनार ४०० को मूल्य घट्यो एकै पटक ६० हजार

काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेको बजाजको स्पोर्ट्स टुरर बाइक...

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

बजाजले अब ट्विनर नाममा नयाँ मोटरसाइकल उत्पादन गर्ने

भारतीय टु ह्विलर उत्पादक बजाजले नयाँ नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...