पल्सर २२०एफ : २४ गते भन्दा पहिले किन्दा २० हजार सिधै फाइदा
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न गरेको बताएको छ। आफ्ना उपभोक्तालाई आकर्षक लाभ प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको थियो।
अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो।
अभियानको बारेमा बोल्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिलेसम्मको यात्रामा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो। नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।’
देशभरिका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रूपमा स्थापित भएको बताएको छ।
बजाज ब्रान्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट छ। यसका गुणस्तरिय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहकमैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धताजस्ता कारणले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन्।
यसका साथै बजाजको फ्रीलिलि योजना पनि चालू रहेको छ। जसअन्तर्गत उपभोक्ताले १२५ सीसीसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्ने छन्।
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...