नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले १३ मोडलका मोटरसाइकलमा मूल्य बृद्धि गरेको छ । बजाजले ८ मोडलमा २ हजार र ५ मोडलमा १ हजार रुपैयाँका दरले मूल्य बढाएको हो । यसअघि मसिंर महिनामा पनि उसले ५ हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको थियो । यो सहित वैशाख यता कम्पनीले ४ पटक मूल्य वढाएको छ ।
१ हजार रुपैयाले मूल्य बृद्धि भएका मोडलमा प्लाटिना, डिस्कभर, पल्सर २०० एनएस एविएस रहेका छन् भने वाँकी मोडलहरु पल्सर १२५, पल्सर १६० एनएस, पल्सर २०० एनएस एफआई एविएस,२०० एनएस एफआई एविएस विएस६, एभेन्जर १६० एविएस र एभेन्जर २२० क्रुजमा २ हजार रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ । ।
नयाँ मूल्य सूची अनुसार प्लाटिना १०० इएसको मूल्य १ लाख ९५ हजार ९०० पुगेको छ भने डिस्कभर १२५ डिस्कको २ लाख २९ हजार ९००, डिस्कभर १२५ एसटीको २ लाख ३६ हजार ९०० र पल्सर १२५ डिस्कको २ लाख ५१ हजार ९०० कायम गरेको छ ।
यसैगरी, पल्सर १५० एसडीको २ लाख ८८ हजार ९००, पल्सर १५० टिडीको ३ लाख ५ हजार ९००, पल्सर १६० एनएस टिडी एविएसको ३ लाख ३० हजार ९००, पल्सर २०० एनएस नन् एविएसको ३ लाख ३५ हजार ९०० र पल्सर २०० एनएस एविएसको ३ लाख ७५ हजार ९०० कायम गरेको छ ।
पल्सर २०० एनएस एफआई एविएसको ३ लाख ७५ हजार ९००, एनएस एफआई एविएस विएस६ को ४ लाख १० हजार ९००, एभेन्जर १६० स्ट्रिट एविएसको ३ लाख ५३ हजार ९०० र एभेन्जर २२० क्रुजको ४ लाख ५ हजार ९०० पुर्याएको छ ।
कम्पनीले यसअघि वैशाखमा ३ देखी १० हजार रुपैयाँसम्म मूल्य वढाएको थियो भने लगत्तै जेठमा पनि ३ देखी २० हजार रुपैयाँसम्म र मसिंरमा ५ हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको थियो ।
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड...
काठमाडौं – नेपाली बजारमा केही समय पहिले देखि उपलब्ध ड्युअल कलरको पल्सर १५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...